स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।उताबाट आए पछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागे पछि श्वास परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए ।
कोभिड - १९ संक्रमण देखिएका १९ बर्षकी युवती हुन । परिवार सहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । युबतीको भने परिचय गोप्य राखिएको छ । युबतीका परिवारका सबै सदस्य र उनी सँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए ।
युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।