संघिय सरकारले ब्यवास्ता गरे पछि स्थानिय प्रशासनले कतै कर्फ्यु र पुर्ण लकडाउन सुरु गरे - MONGOL KHABAR

Breaking

संघिय सरकारले ब्यवास्ता गरे पछि स्थानिय प्रशासनले कतै कर्फ्यु र पुर्ण लकडाउन सुरु गरे

बुटवल । चैत्र १० सोमबार, कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि सङ्घीय सरकारले अझै कर्फ्यु र पूर्ण लकडाउन गरेको छैन । तर स्थानीय प्रशासनले भने कर्फ्यु र पूर्ण लकडाउन सुरु गरेका छन् ।
कञ्चनपुरको एउटा नगरपालिकाले आइतबार नै लकडाउन गरेको थियो । सोमबारदेखि कैलालीमा कर्फ्यु लागेको छ । अर्घाखाँचीले जिल्लालाई आज राती १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको छ । कपिलवस्तु जिल्लामा पनि पसल, उद्योग बन्द गर्न र हिँडडुलमा प्रतिबन्ध लगाइएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले घर बाहिर ननिस्कन टोलटोलमा माइकिङ गरेको छ । भने रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि एक हप्तालाई लकडाउन गर्ने घोषण गरेको छ । काठमाण्डौको बौद्ध क्षेत्रमा पनि घरबाहिर ननिस्कन भन्दै माइकिङ गरिएको छ ।

काभ्रेको धुलिखेल, बनेपा र महाभारतमा लकडाउन गरिएको छ भने पाँचखालमा स्वघोषित कर्फ्यु जारी गरिएको छ । पसल खोल्न, भिडभाड गर्न र गाडी चलाउन रोक लगाइएको छ । राजमार्ग क्षेत्र सङ्घीय सरकार अन्तर्गत पर्ने भएकाले राजमार्गमा गाडी चल्न दिइएको छ तर गाडी रोक्न पाइँदैन । महाभारत गाउँपालिका र बनेपाले सोमबार रातिदेखि लकडाउन गर्दैछ ।