छ किलो सुन सहित मकवानपुर प्रहरीले एक जना सुन तस्करी पक्राउ - MONGOL KHABAR

Breaking

छ किलो सुन सहित मकवानपुर प्रहरीले एक जना सुन तस्करी पक्राउ

हेटौंडा । फाल्गुन २० मंगलबार, मकवानपुर प्रहरीले ठुलो परिमाणमा सुन सहित एक जना गिरोह पक्राउ गर्न सफल भएको छ ।
आज पत्रकार सम्मेलन गदै मकवानपुर प्रहरीले सुन तस्करीमा संलग्न भारत कर्नाटक बस्ने ४२ वर्षका अब्दुल मजिज अनेकल सार्वजनिक गरेको हो ।

मंगलबार बिहान हेटौंडा १५ स्थित रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रु बाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित पक्राउ गरिएको छ ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताए अनुसार, अब्दुलले उक्त परिणामको सुन फलामको बेरुङगमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाली बजार मुल्य अनुसार उक्त परिणामको सुनको मूल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताएका छन् ।

सुन सहित पक्राउ परेका अब्दुल माथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।