होलिकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होलि मंगोलहरुले बहिस्कार गरौ ! - MONGOL KHABAR

Breaking

होलिकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होलि मंगोलहरुले बहिस्कार गरौ !

काठमाडौ । फाल्गुन, प्रल्हादका बाबु हिरण्य कस्यपू र प्रल्हाद्की फुपु होलिका संग होलीको प्रसङ्ग जोडेको छ । अनार्य जसलाई हिन्दुहरुले दैत्यराज हिरण्य कस्यपू भन्छन उनि बाहुन क्षेत्रीको भगवान बिष्णुको बिरोधि थिए तर बिष्णुको नाम मात्र पनि कसैले उच्चारण गर्न दण्डनीय थियो भनिएको छ । तर हिरण्य कश्यपूका छोरा प्रल्हाद चाहि बिष्णुको भक्तिमा लागेको कुरा कहाँ सम्म सत्य हो ?

हुन त प्रल्हाद बिभिषण जस्तै नै हुन् तर, बिष्णुको नाम अरुले लिंदा दण्ड हुने तर कसरी प्रल्हादलाई सहज स्वीकारे यो पनि बडो रहस्यपूर्ण छ । बिष्णुको नाम उच्चारण गर्न प्रल्हादलाई चाहि छुट रहेको कारण प्रल्हाद पक्कै धोकेबाज थिए या फसाउन यस्तो गरियो ।

हिरण्य कश्यपू उनकी बहिनि होलिका बीचको सम्बन्ध निकै राम्रो भएको पाइन्छ तर प्रल्हाद बिष्णु भक्ति भएकोले उल्लेख छ । होलिकालाई ब्रम्हाबाट आगोले पोल्न नसक्ने बरदान प्राप्त थियो रे ! समाजमा परोपकारी कार्य गर्दै हिड्दा खेरि आगलागीमा परेकाहरुको उद्दार गर्दै हिड्दा आगलागीमा परेकाहरुको उद्दार गरेर बचाउथिन तर चतुर अनार्य हिरण्य कस्यपूले बहिनिलाई फकाई फुलाई आफ्नो पक्षमा पारेको भनिन्छ ।

यसो हुँदा प्रल्हाद्लाई काखमा राखेर आगोमा पस्ने निधो भयो होलिकाको । राम्रो काम गर्न बरदान पाएको होलिकाले बाटो बिराईन रे ! प्रल्हादलाई होलिकाले काखमा राखेर आगो सल्काउदा होलिका दन दनी जलिन रे तर प्रल्हादलाई आगोले जलाउन सकेन भनेर बकवास ग्रन्थहरु लेखेर अनार्य हामी मंगोलहरुलाई कति झुट कुरा सिकाएका छन् ।

कश्यपू र होलिकालाई राक्षश र नराम्रो रुपमा जसरी पनि प्रचार गर्नु साथै ति बिष्णु भक्ते पाखण्डी प्रल्हाद चाहि त्यो आगोमा होलिका संगै किन जलेनन ? के आगोमा होलिका जल्नु तर प्रल्हाद नजल्नु के यो सत्य हुन सक्छ ? कल्पना गर्नुस - आगोमा परेको व्यक्ति जल्दैन भन्ने प्रमाण के छ ? होइन भने कसरी जलेनन होलिका संगै कश्यपु अझ होलिकाको काखमा रहेका प्रल्हाद ?

यो सरासर बकवास हो होलिकालाई संयन्त्र गरेर दहन गरिएको थियो । बिष्णु र ति पाखण्डी लोभी बिष्णुका भक्त प्रल्हादले ! प्रल्हाद बिष्णुको भक्त भएकाले उनको प्रशंसा गरेका छन् तर कश्यपू बिष्णुको बिरोधि हुने बितिकै दैत्य राक्षश भनेर भनियो । छोरा प्रल्हादलाई प्रयोग गरेर बाउ मराउने दुस्टकाम गरेको थियो ! बाबु कश्यपू र फुपु होलिकालाई मार्ने त्यो पाखण्डी प्रल्हादलाई बिष्णुले प्रयोग गरेर दहन गरेको हुँदा होलि मंगोलले मान्नु पक्कै उचित हुन्दैन भन्ने मेरो मान्यता हो । होलिका हाम्रै पुर्खा हो जो अनार्य हुन् ।

आफ्नै पुर्खा मारिएको जलाइएको दिनलाई कसरी खुशि मान्नु हुन्छ कसरी सत्यको जित भन्दै मान्नु हुन्छ ? जवकि सत्यताको जित हुन्दैन होइन त्यो त सिधै कश्यपू र होलिकाको कार्यबाट आरिशले जले पछि बिष्णुले संयन्त्र गरि गरि दाजु बहिनीलाई मारेको कुरालाई कुनै पनि हालतमा हामीले भुल्नु पुर्खाको अपमान हो ।

 लेखक :- जीवन मंगोल राई