नवलपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक आज देखि चैत २१ गते सम्म कार्यालयले प्रदान गर्ने सेवाहरु बन्द गरियो - MONGOL KHABAR

Breaking

नवलपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक आज देखि चैत २१ गते सम्म कार्यालयले प्रदान गर्ने सेवाहरु बन्द गरियो

कावासोती । चैत ९ आइतबार, जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सुचना प्रकाशित गर्दै अत्यावश्यक सेवा बाहेकका कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द गरेको छ । बिश्वब्यापी फैलिएको कोभिड १९ कोरोना भाईरस संक्रमण फैलन सक्ने डरले चैत्र २१ गतेसम्मका लागी सेवा बन्द गरिएको प्रशासकीय अधिकृत आनन्द भुसालद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

सुचनामा संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धमा चैत्र ७ गते सम्माननीय प्रधानमन्त्रीबाट राष्ट्रका नाममा भएको सम्वोधन बमोजिम अत्यावश्यक सेवा बाहेक नागरीकता, राहदानी सिफारीस लगायत अन्य सेवाहरु स्थगित गरिएको छ, भनिएको छ ।

त्यस्तै, जिल्लास्थित अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक अन्य सरकारी तथा सार्वजनिक निकायले आ–आफ्नो कार्यालयले सुचना जारी गरी सर्वसाधारणमा सु–सुचित गराउन भनिएको छ ।

यसैगरी, सेवाग्राहीको अत्यन्त भीडभाड हुने मालपोत कार्यालयले पनि आजै सुचना जारी गरी कार्यालयबाट सम्पादन हुने सबै सेवाहरु बन्द भएको जनाएको छ ।

मालपोत कार्यालय कावासोतीका कार्यालय प्रमुख नारायण गैरेद्धारा हस्ताक्षरित सुचनामा आजदेखी चैत्र २१ गतेसम्मका लागी सेवा स्थगित गरेको उल्लेख छ ।