जिल्ला प्रशासन कास्कीले घरबाहिर ननिस्कन आदेश - MONGOL KHABAR

Breaking

जिल्ला प्रशासन कास्कीले घरबाहिर ननिस्कन आदेश

पोखरा । ११ चैत मंगलबार, जिल्ला प्रशासन कास्कीले कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन एक साताका लागि घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ ।
देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

यो अवधिमा अत्यावश्यक सामान किन्न बाहेकका अन्य गतिविधि नगर्न प्रशासनले जारी आदेशमा उल्लेख गरेको हो ।