मोडेल तथा कलाकार दुर्गा ठाडा मगरको सालैजो "बौदीकाली रकुवा घर मेरो" गितको छायांकन आफ्नै जन्मस्थानमा - MONGOL KHABAR

Breaking

मोडेल तथा कलाकार दुर्गा ठाडा मगरको सालैजो "बौदीकाली रकुवा घर मेरो" गितको छायांकन आफ्नै जन्मस्थानमा

नवलपुर । फाल्गुन २० मंगलबार, बौदीकाली डेढगाउँ, मोडेल दुर्गा ठाडा मगरको सालैजो ‘बौदीकाली रकुवा घर मेरो’ गितको छायांकन आफ्नै जन्मस्थल रकुवामा सकिएको छ।

नवलपुर जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकाको रकुवा, डेढगाउँ, मिथुकरम, रुचाङ्ग, नरमलाई समेटेर बनाईएको सालैजो गित शब्द दुर्गा ठाडा मगर र लय एवं एरेञ्जरमा चर्चित कलाकार सागर बिरहीले गरेका छन ।

‘दक्षिणमा रुचाङ्ग, पुर्वमा मिथुकरम
सालैजो पल्लो गाउँ नरम ।
अकलादेबी दर्शन गरन
सालैजो डेढगाउँमा झरन ।।
गाउँमा बस्दा मन खुशी हुन्छनी,
छोडी जादा मन तेसै रुन्छनि !’


बौदीकाली गाउँको वार्ड न: २ डेढगाउँमा रहेको प्रख्यात धार्मिक क्षेत्र अकला मन्दिर तथा यस वडाको उच्च स्थानमा रहेको मौला दुर्गा भवानी मन्दिर त्यसै गरि कालीगण्डकी नदि, बौदीखोलालाई समेत गितको शब्दमा समेटीएको यो गितमा स्वर सागर बिरही, दुर्गा ठाडा मगर र अनिता मश्राङ्गीको रहेको छ ।

‘रकुवा माथी, डाडामा मौलो
सालैजो दुर्गादेबि दर्शन।
यो गाउँका सबलाई
रक्षामा गरून् दुई हात जोडि अर्पन ।।
सिउन गाउँमा मायालु भेटियो,
पानी खानी तिर्सनै मेटियो !’


यो गितको शब्दमा समेटिए अनुसारनै यो गितको कोरस नृत्य रकुवामा र अन्य अभिनय बौदीकालीको विभिन्न स्थानमा गरिएको छ । मगर चलचित्र ‘रैया’, पञ्चेबाजा लगायत थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरि सकेका भुपू भारतिय सैनिक हाल अफगानिस्तानमा कार्यरत दुर्गा ठाडा मगरको यो गितमा निर्देशन दुर्गा ठाडा मगरकै रहेको छ, भने कोरियोग्राफी प्रशान्त गुरुङको रहेको छ । धेरै मगर चलचित्रमा समेत क्यामेरा चलाउनु भएका कुशल छायांकनमा क्यामेरा अबिशेक माझीले गर्नुभएको हो ।

म्युजिक भिडियोमा बौदीकाली गाउँपालिकाको विभिन्न धार्मिक एवं पर्यटकीय स्थलको दृश्य समेटिएकोले यस क्षेत्रलाई देश बिदेशमा चिनाउन समेत यो गितले सहयोग पुग्ने कलाकार दुर्गा ठाडा मगरको निस्कर्ष रहेको छ । साथै केही दिन पछि युट्युब मार्फत भिडियो सार्वजनिक गरिने कलाकार दुर्गा ठाडा मगरले मंगोल खबर अन्लाईन मिडिया प्रालि लाई जानकारी दिनुभएको छ ।