काठमाण्डौ । चैत्र १९, नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर अष्ट्रेलियाको ब्रिस्बेनको लागि उडेको छ ।
नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको वाइडबडी चार्टर गरेको हो । जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्डका गरी २ सय ५७ जना यात्रु र २४ जनाको सञ्चालन टोली रहेको छ ।
जहाज मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बेन जाने छ र बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कनेछ । कोरोनाको संकटको बेला नेपाली झण्डा फहराउँदै विश्वका विभिन्न ठाउँमा पुगेर यात्रुलाई सेवा दिन पाउँदा नेपाल एयरलाइन्सको गौरव झनै बढेको निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले बताउनुभयो ।
‘हामीलाई अझै धेरै आग्रह आइरहेको छ्, जतिसक्यो धेरे देशका नागरिकलाई घर पुर्याउन चाहान्छौं ’, जुहार्चनले भन्नुभयो । तर लकडाउन रहेकोलेे नियमित अन्तरराष्ट्रिय उडान भने बन्द नै रहेको छ ।
