बुलिङटारमा एक घर जलेर नष्ट, सार्की परिवार घर बिहिन - MONGOL KHABAR

Breaking

बुलिङटारमा एक घर जलेर नष्ट, सार्की परिवार घर बिहिन

बुलिङटार । चैत १९ मंगलबार, नवलपुरकाे बुलिङटार गाउँपालिका वडा न. ३ भलायटारमा मंगलबार बेलुकी ५ः३० बजे स्थानीय कृष्ण बहादुर सार्कीकाे घरमा आगलागी भएर घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

बेकुकी खाना बनाउने समयमा चुलोमा बलेको आगो हावाले उडाएर खरको घरको छानामा लागेर आगो लागेको पिडित परिवारले मंगोल खबरलाई जानकारी दिएको छ । बुलिङटार प्रहरी चौकीका इन्चार्ज नरेन्द्र बिक ले आगोलागि दुई लाख बराबरको क्षति भएको बताएका छन ।

आगो लागेर घर नष्ट पछि सार्की परिवार घर बिहिन भएको छ । पिडित सार्कीले गुनासो गर्दै भने, गरिव छु पहिला पनि दुःख र कष्ट भाेग्दै आएकाे हाे । अब झन घर जलेर नष्ट भयो । सम्पतीको नाममा शरीरमा लगाएको कपडा बाहेक केही छैन । घर भित्र रहेको अन्न खाने कुरा केही निकाल्न पाएन । धन्न बाकसमा रहेको जग्गा घनी लालपुर्जा सम्म निकाल्न भ्याए । अब घर बनाउनेकी छाेरा छाेरी पढाउने ।

देश कोरोना भाइरसको महामारी र पुर्ण लकडाउन रहेको अबस्थामा पीडित परिवारलाई थप समस्या परेको छ । छ जनाको पिडित परिवार अहिले घरबिहिन अबस्थामा अल्पत्र परेको अबस्थामा बुलिङटार गाउँपालिकाका वर्डा नम्बर ३ का अध्यक्ष यामबहादुर झेंडी मगरले त्रिपाल र स्थानियहरुले खानाको ब्यबस्था गरेको तिलक बिर्कट्ट मगरले जानकारी दिएको छ ।