शेष घलेले कोरोना भाइरस पीडित विद्यार्थीका लागि अष्ट्रेलियामा १० लाख डलरको कोष स्थापना गरेका छन् - MONGOL KHABAR

Breaking

शेष घलेले कोरोना भाइरस पीडित विद्यार्थीका लागि अष्ट्रेलियामा १० लाख डलरको कोष स्थापना गरेका छन्

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले कोरोना भाइरस पीडित विद्यार्थीका लागि अष्ट्रेलियामा १० लाख डलरको कोष स्थापना गरेका छन् ।

शेष घले र उनकी पत्नी जमुना घलेले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि उक्त कोष स्थापना गरेका हुन् । मेलवर्न र सिड्नीलाई केन्द्रित गरी कोष स्थापना गरिएको हो । मेलवर्न इन्स्टीच्युट अफ टेक्नोलोजी (मिट) मा अध्ययन गर्ने विद्यार्थीलाई उक्त कोषबाट सहयोग गरिने छ ।

मिट घले दम्पतीले सन् १९९६ मा स्थापना गरेको निजी कलेज हो । जहाँ संसारभरिका ४ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।