मंगोल युबा नेता कोयुहाङको हृदयघातले मृत्यु - MONGOL KHABAR

Breaking

मंगोल युबा नेता कोयुहाङको हृदयघातले मृत्यु

सुनसरी । चैत्र २० बिहिवार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ सुनसरी युबा सभाका पुर्ब सल्लाहकार रहेको कोयुहाङ बान्तवाको निधन भएको छ ।
मंगोल युवा नेता कोयुहाङ बान्तवा मंगलबार साझाको खाना खाएर अन्लाइनमा नेताकार्यकर्ताहरुसंग बिश्वमा कोरोना भाइरस फैलिरहेको अबस्थामा सुनसरी युबा सभाले यसको रोगथामको लागि माक्स र सेनिटाइजर बाड्ने तयारीको लागि कुराकानी गरेर सुतेका कोयुहाङ, बिहान मृत अवस्थामा भेटिएको संघिय सभाका पुर्ब सचिब लोक मोक्तानले मंगोल खबरलाई जानकारी दिनुभयो ।

चालीस बर्षको उमेरमा वहाँ हृदयघातको कारणले मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ । नेता कोयुहाङको श्रीमती र एक १२ बर्षिय छोरी छ । मृतक शरिरलाई बुधबार मुल संगठनको झण्डा ओडाएर आफ्नै संस्कार अनुसार दफनकार्य गरिको थियो ।

वहाँको मृतक शरिरको दफन कार्यमा संगठनका उच्च तह देखि स्थानीय नेताकार्यकर्ता शुभचिन्तकहरु सहभागी रहेको थियो । श्रद्धाञ्जली सभा पस्चात युबासभाका संयोजक अमित याक्खाले संगठनले आफ्नो एक बलियो योद्धा गुमाएको भन्दै दुख व्यक्त गरेको छ । साथै संगठनले मृतक परिवार प्रति धैर्य धारण गर्न समेत आग्रह गरेको छ ।