मलेसियाबाट आज सम्मको कोभिड १९ भाइरसको ताजा अप्डेड संग यसबाट बच्न नेपाली युबाको आग्रह - MONGOL KHABAR

Breaking

मलेसियाबाट आज सम्मको कोभिड १९ भाइरसको ताजा अप्डेड संग यसबाट बच्न नेपाली युबाको आग्रह

मलेसिया । चीनको वुहान शहरबाट फैलिएको CoviD-19 (कोरोना भाइरस) विश्वव्यापी रुपमा फैलिएको दुई महिना भैसकेको छ । कोभिड 19 संग अहिले विश्व त्रसित हुँदै लडिरहेको छ । मलेसियामा पनि अन्डर मोमेन्ड कन्टोल 18 March 2020 बाट 31 March 2020 सम्मको लागि गरिएको थियो । तर कोरोना भाइरस कन्ट्रोलमा ल्याउन नसकेको हुदा थप april 1-2020 बाट april 14 - 2020 सम्मलाई गरिएको छ ।

मलेसियामा CoviD-19 कोरोना भाइरसबाट आजको तारीख 8 april 2020 सम्मको नयाँ र ताजा खबर 4119 जना पुष्टि भएको थियो । ( 4119 Confirm), 8109 सष्पेेेच्त ( 8109 Suspect), Death 65 मृत्यु ( 65 Death), 1487 निको भयो ( 1487 Cured) उता डाक्टर र नर्सहरु पनि आफ्नो ज्यानको बाजि राखेर CoviD-19 कोरोना भाइरस संग रात दिन नभनी लडाइँ गरिरहेको छ । भने मलेसियामा आफ्नो आफ्नो पेशागतले पुलिस, आर्मी, delivery नेपाली security दसौं हजारौंको संख्यामा छौं । security काम गर्नेहरुको जिबन पनि आफ्नो जिम्मेवारीबाट हट्नु मिलेन । त्यसैले तपाई हामीहरुले आफ्नो कामलाई यो समयमा ठुलो धर्म गरिएको छौं भनेर सम्झिनु पर्दछ । हौसला दिनु र दिलाउनु पर्दछ ।

साच्चिकै कोरोना भाइरस कता कति एउटा सपना पो हो कि जस्तो अनि पहिलो र दोस्रो बिश्व युद्ध जस्तै यो CoviD-19 कोरोना भाइरस चही तेस्रो बिश्व युद्धको महसुस भैरहेको छ । यो पालीको बिश्व युद्ध नत बन्दुकको गोलिबाट भएको युद्ध, नत कुनै आधुनिक हातहतियारबाट नै भएको हो ।

मानिस अथवा मानव सृष्टिकर्तामा लागिएको औलो र अजिब रोग हो । त्यसैले सम्पुर्ण मेरा आदरणीय आमाबुबा, दाजुभाइ र दिदिबहिनीलाई विनम्र अनुरोध गर्दछु । यो समयमा तेरो र मेरो भन्नू भन्दा पनि एक अर्कामा सद्भावको नजरले आफू, आफ्नो समुदाय र देशको लागि डाक्टर र नर्सहरुको सल्लाह सुझावलाई ध्यान गरि राज्यले गरेको लकडाउनलाई पुर्णरुपमा पालना गरिदिन आग्रह गर्दछ ।

राज दर्लामी मगर
मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ प्रवास सभा मलेसिया