सर्वोच्च नेता बिरलाल राईले सुरक्षाकर्मीको तलब काट्ने बिरोध गरे - MONGOL KHABAR

Breaking

सर्वोच्च नेता बिरलाल राईले सुरक्षाकर्मीको तलब काट्ने बिरोध गरे

काठमाडौ । चैत २८ शुक्रवार, मुलबासी मंगोलहरुको एक मात्र साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङका पुर्व संयोजक तथा मंगोलका सर्वोच्च नेता वीरलाल वालाहाङ राईले प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरेर कोरोना कोषमा जम्मा गर्ने प्रहरी प्रधान कार्यालयको कार्यप्रति असन्तुष्ट व्यक्त गरेका छन । साथै वहाँले आफ्नो संगठनलाई मान्य नहुने कुरा पनि व्यक्त गर्नुभएको छ ।

रातदिन जनताको सेवामा खटिने सुरक्षाकर्मीको तलब काट्ने निर्णयको बिरोध गर्दै उहाँले सुरक्षाकर्मीलाई पाउने सबै सेवा सुबिधामा झन थपेर दिनु पर्ने र राहत कोषमा प्रचण्ड, केपी वलि, बाबुराम, गोकुल बास्कोता, शेरबहादुर देउवा र ज्ञानेन्द्र शाहसंग भएको अकुत सम्पती र साथै केही ब्यक्तिहरुले बिभिन्न समयमा मन्त्री हुदा भ्रस्टाचार गरि जम्मा गरेको पैसालाई राष्ट्रियकरण गरि राहत कोषमा जम्मा गरि कोरोना भाइरस रोथाम र पीडितहरुलाई सहयोग गर्न खर्च गर्नुपर्ने बताउनु भएको छ ।

प्रहरी प्रधान कार्यालयले यस बेला झन जनताको सेवामा खटेका सुरक्षाकर्मिलाई मनोबल बढाउने बेलामा झन निरास पारेको र आर्थिक स्थिति कम्जोर भएको सुरक्षाकर्मिलाई अप्ठ्यारोमा पार्ने गरेको र यस बिषयमा राज्य समेत चुप बसेको आरोप समेत लगाउनुभएको छ ।