MNO - DGG संघिय सर्बोच्च सभाको बैठक भिडियो कल द्वारा सम्पन्न - MONGOL KHABAR

Breaking

MNO - DGG संघिय सर्बोच्च सभाको बैठक भिडियो कल द्वारा सम्पन्न

बुुटवल । चैत २० बिहिवार,  मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघीय सर्वोच्च सभाको बैठक बुधबार राती भिडियो कल द्वारा सम्पन्न भएको छ । संसार भरी महामारीको रुपमा फैलिएको कोभिड - १९ भाइरस र राज्यले गत हप्ता देखि लकडाउन गरिएको कारणले संघिय सर्बोच्च सभाको बैठक भिडियो कल द्वारा गरिएको, संगठनका पुर्व संघिय सचीव लोक मोक्तानले मंगोल खबरलाई जानकारी गराउनु भएको छ ।

देश कोरोना भाइरसको त्रासले लकडाउन रहेका समयमा संघिय सर्बोच्च सभाका सदस्यहरु एकै स्थानमा भेला हुन नसके पनि भिडियो कल द्वारा सहभागी भैइ बैठक सम्पन्न गरेको हो । सबै संघिय सर्बोच्च सभाका नेताहरु आ-आफ्नै निवास देखि भिडियो कल बैठकमा सहभागी भएका थिए ।

संघिय सर्बोच्च सभाको महत्त्वपूर्ण बिषयहरुमा छलफल गर्नु परेको कारणले देश पुरै संचार प्रविधिमय भएकोले, यो विधि अपनाइएको संघिय सभाका पुर्व प्रबक्ता तुलबिर दर्लामी मगरले जानकारी गराउनुभएको छ ।

भिडियो कल बैंठकद्वारा देशका आम नागरिकलाई आफ्नो, समुदाय र देशको निम्ति राज्यले गरेको लकडाउन पुर्णरुपमा पालन गर्दै, कोरोना भाइरसबाट बच्न र बचाउन सुरक्षित रहन समेत अपिल गरेको छ ।