धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि - MONGOL KHABAR

Breaking

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि

काठमाडौ । जेष्ठ ३ शनिबार, धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

स्वासप्रस्वासमा समस्या देखिएपछि महिलालाई बिहीबार अस्पताल ल्याइएको थियो । महिलालाई अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको थियो ।

महिलको शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । अस्पतालमा मृत्यु भएकी महिलाको धुलिखेल अस्पतालमा गरिएको उनको पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।

थप पुष्टि गर्नका लागि स्वाब काठमाडाैँ ल्याइएको थियो । उनको धुलिखेल अस्पताल पछि काठमाडौ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो । महिलाको मृत्युको कारण कोरोना हो वा अरु नै हो भन्ने बारेमा थप अनुसन्धान हुँदैछ । भने महिलाको शवको पोस्टमार्टम गरिने बताए ।