जाजरकोट । जेठ १४ बुधबार, रुकुमको चौरजाहारी घटनामा स्थानियको आक्रमणमा परि नवराज बिक लगायत तीन जना हत्याको घटनालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन जाजरकोट जिल्ला सभाले घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कार्बाहीको माग गरेको छ ।
नेपालका ब्राह्मणबादको बिभेदकारी नीति मुलबासी मंगोल समुदायहरुले सदियौं देखि बर्णभेदको दमन सहदै आएको छ । अबको पुस्ताले यस्तो बिभेदको दमनको सहदैनौं र बिरोध गर्ने जिल्ला सभाका अध्यक्ष जनक मंगोलले बताउनु भयो । अन्याय अत्याचार र बिभेदको अन्त्य गर्न उनले जनताको साथमा आफू र संगठन सदैब रहेको भन्दै आम मुलबासी मंगोललाई बिभेदको प्रतिकार गर्न एकजुट हुन समएत आग्रह गरेका छन ।
साथै उनले संगठनको संघीय सभाले समेत प्रेस बिज्ञप्ती निकाली सरकारलाई दबाद दिएको र मृतक नवराज बिक परिवारलाई थप सहयोग पुगेको समेत बताए । उक्त घटनामा परि अझै केही मानिस बेपत्ता छन ।
