सुनसरी । जेठ १९ सोमबार, इटहरीमा पश्चिम रुकुमको नरसंहार घटनाको बिरोध गर्दै सोमबार सुनसरीको इटहरीमा बिरोध सभा सम्पन्न गरेको छ ।
बिरोध कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन- डा. गोपाल संघिय युबा सभाका संयोजक अमित याक्खा, मुल संगठनका इटहरी उपमहानगरपालिकाका नगर अध्यक्ष अमृत बहादुर मगरले मन्तब्य राख्नु भएको थियो ।
प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नु पर्ने र पिडितहरुलाई सरकारले उचित क्षतिपुर्ती लगायतको माग गरेका छन् ।
कार्यक्रम इटहरी नगर सभाको आयोजनामा, इटहरी बजारको गोलचोकमा सुनसरी युबा सभाका सचिब सुर्य चौधरीको संचालनमा भएको थिए ।
