कोष भारतमा कार्यरत रहेका सुबेदार केबि गुरुङको बिशेष सल्लाहमा साईप्रसमा कार्यरत मरियम राईको संयोजकमा स्थापना गरिएको हो । स्थापना गरिएको उक्त कोष मुलबासी नारी मुक्तिको लागि नारी उठौं र नारी अगाडि बढौं बन्ने हेतुले स्थापना गरिएको हो । तत्कालको लागि पुर्बको सुन्दरी नगरी शहर धरानमा स्थापना गरिएको छ । नारी बचत कोष मुलबासी मंगोल दिदिबहिनीहरुको हितको लागि देशैभरी (७७) जिल्लामा बचत कोष निर्माण गर्ने संयोजक मरियम राईले फेसबुकमा जानकारी गराउनुभएको छ ।
उक्त कोषको सल्लाहकार मंगोल अभियान्त सुबेदार केबि गुरुङको बिषेष सल्लाह र सहयोगमा मुलबासी नारी कोष स्थापना गर्ने सफल भएको संयोजक मरियम राईले जानकारी गराउनुभएको छ । मुलबासी नारी बचत कोषलाई संयोजक मरियम राई र सल्लाहकार सुबेदार केबि गुरुङले आर्थिक सहयोग समेत गर्नुभएको छ ।
साथै मुलबासी नारी कोषको स्थापना गर्नुहुने सुबेदार केबि गुरुङ कोषका संयोजक मरियम राईलाई संगठनको उच्च सर्बोच्च नेताहरुले उदाहरणिय कामको सदैब वँहाहरुलाई शुभकामना ब्यक्त समेत गरेका छन । भनी मुलसचिब बर्णबासले मंगोल खबरलाई जानकारी गराउनु भयो ।