पश्चिम रुकुम चौरजहारी घटनाको दोषिलाई कार्बाहीको माग गर्दै बुटवलमा बिरोध सभा - MONGOL KHABAR

Breaking

पश्चिम रुकुम चौरजहारी घटनाको दोषिलाई कार्बाहीको माग गर्दै बुटवलमा बिरोध सभा

जगत ठाडा मगर
बुटवल । जेठ १७ शनिबार, रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै रुपन्देही बुटवलको पुष्पलाल पार्कमा शनिबार प्रदर्शन भएको छ । मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठन र ईसेवा समाजले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नु पर्ने लगायत माग गरेका छन् ।

ईसेवा समाजका अध्यक्ष S.k(सुनिल) संस्थाका महासचिब अमृत देवारे, संचारकर्मी तथा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका युबा नेता जगत ठाडा मगर र इसेवा समाजका सल्लाहकार सिताराम रसाइलीले मन्तब्य राखेका थिए ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा केटी लिन भन्दै गएका जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विक सहितको ६ जनाको हत्या भएको थियो ।

उक्त कार्यक्रममा अधिकांश बक्ताले घट्नामा परि ज्यान गुमाएको पाँच जना र बेपत्ता गोबिन्द शाहिको तत्काल खोजी कार्य गरि घटनामा ज्यान गुमाएका सबै प्रति छानबिन गरि हत्यारालाई कडा भन्दा कडा सजायको माग र क्षतिपूर्तिको माग गरेको छ ।

१९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको प्रदर्शनकारीहरुको आरोप छ । अनुसन्धानका लागि वडाध्यक्ष सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

कार्यक्रम ईसेवा समाज नेपाल र मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले संयुक्तरुपमा आयोजना गरेको थियो । बिरोध सभा बुटवल उपमहानगरपालिका स्थित पुष्पलाल पार्कमा इसेवा समाज नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्रमानको संचालनमा भएको थियो ।