डा-गोपाल गुरुङ को हुन, बास्ताबिकता बुझौं - MONGOL KHABAR

Breaking

डा-गोपाल गुरुङ को हुन, बास्ताबिकता बुझौं

कुनै एक अन्र्तवार्ताको क्रममा गोपाल गुरुङले भन्नु भएको थियो, “मैले नेपालको वास्तविक रोग पत्ता लगाउन ५२ वर्ष लाग्यो ।” गोपाल गुरुङलाई दार्जिलिङबाट आएर नेपाली भड्काउने काम गर्यो भनि आरोप लगाउछन् त कतिपय आलोचकले गुरुङले वास्तविक नेपाल वुझेका थिएनन् भनेको सुनिन्छ । कतिपयले जनजाति, आदिबासी बिरोधी, कतिले दलित बिरोधी भनेर बुझे, बुझेका छन् । यो आलेखमा गोपाल गुरुङले नेपाललाई कसरी वुझे यसबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
के गोपाल गुरुङ बिदेशी नागरिक हुन् ?

गोपाल गुरुङका बिरोधीहरुले लगाउने गरेको आरोप के हो भने  “गोपाल गुरुङ विदेशी हुन्” ।
वास्तविकता अध्यायन गर्दा 
नेपालको कास्की, तनहु, जोमसोम र घान्द्रुक गण्डकी अन्र्तगत पर्ने सिक्लिस आदि ठाउँ गुरुङहरुको पुख्र्यौली थलो हो । गुरुङहरुमा आफनो मामा, फुपुको छोराछोरीबीच बिबाह गर्ने चलन थियो । समयको परिवर्तन सँगै यस्तो प्रचलनलाई त्याग्दै गएको पाइन्छ । पृथ्वी नारायण शाहको पालामा गोर्खा विस्तार अभियानमा पूर्वतिर लडाई लड्दै जादा वर्तमान भारतको विभिन्न इलाका सम्म बसोबास गर्न पुगेको पाइन्छ । नेपालको विभिन्न जिल्लामा छरिएर रहेका गुरुङ समुदाय वर्तमान भारतको सिकिम, भुटान, देहरादुन, बर्मा जस्ता ठाउँमा छरिएर रहे । लडाई लड्ने क्रममा जहाँ पुगे त्यही बसोबास गर्न पुगेको पाइन्छ । यसरी छरिएर बसोबास गर्ने गुरुङहरुको विवाह, मृत्यु जस्ता संस्कार सम्पन्न गर्न पुख्यौली थलो गण्डकीबाट कार्य समापन पछि आफ्नो पुख्र्यौली थलो फर्काउने सर्तमा पैचो गरेर झिकाएको तर कार्य समापन पछि आफ्नो पुख्र्यौली थलो नफर्की उत्तै बसोबास गरेकाहरुलाई पैज्यो गुरुङ भनियो ।
 उनीहरुको परम्परागत पेशा लामा हो, गोपाल गुरुङ उनैको सन्तान हो । गोपाल गुरुङको पुर्खाको खोजी गर्दा अहिलेको प्रदेश नं. १ पाचथर जिल्लाको रानीटारमा उनका बाजे कुलमान गुरुङको बसोबास रहेको पाइन्छ । र अहिले पनि रानीटारमा गोपाल गुरुङका सन्तान रहेका छन । पृथ्वी नारायण शाहको गोर्खा विस्तार अभियानले विस्थापित गुरुङहरु सिमाना कायम भएपछि सिमापारी रहन पुगे । यो तथ्य पछि के निस्कर्ष निकाल्न सकिन्छ भने गोपाल गुरुङलाई बिदेशी भन्नु मन नपरेपछि फटाहा भनेजस्तो मात्र हो । सत्य यहि हो की गोपाल गुरुङ जन्मले भारत भएपनि पितृभुमि, पुख्यौली नेपाल हो ।

के गुरुङले वास्तविक नेपाल वुझेका थिएनन् ?
बि.सं. १९९७ मा जन्मिएका गोपाल गुरुङको बाल्यकाल दार्जिलिङमा बितेको भएता पनि जीवनको सम्पूर्ण उर्जा नेपालका लागि खर्च गरेका थिए । उनलाई वास्तविक नेपाल नवुझेको आरोप लागिरहँदा केही तथ्यलाई उजागर गर्न सान्र्दभिक नै ठहरीएला । दूरदर्शी पत्रिका अनुसार बि.सं २००८ सालमा नेपाल फर्किएका गुरुङ इलामको कोलबुङमा बाख्राको टाट्नाले बारेको स्कुल स्थापना गरि अध्यापन गराउदै आफ्नो
कर्म शुरु गरेको हुन यद्यपी सो स्कुल छँदैछ ।
शिक्षण पेशाको शिलशिलामा झापाको गौरीगञ्ज, सुनसरी धरानको डिपोट, पश्चिम नेपालको ४ हजार पर्वत जिल्लाको राखु हिडेरै पुगेका थिए । साहित्य क्षेत्रमा प्रकाशिन अप्रकाशित साहित्य कृति दर्जन छन् । उनको बिषय वस्तु नेपालका रैथाने किरात, मतवाली, शुद्र दलित, थारु, मधिसे, बुदिष्ट, मुस्लिम, क्रिश्चियन (समग्रमा अहिन्दु मूलबासी मंगोल) ले भोगेका अन्याय, अत्याचार, दुःख, बेदना, कुण्ठाहरुलाई बिस्फोट गराएको पाइन्छ ।
२०२४ सालदेखिे २०४४ साल सम्म पत्रकारीता गरेका गुरुङले सम्पादन गरेको न्युलाइटको सम्पूर्ण अंकको अवलोकन गर्दा हिन्दु राजाहरुको बिरोध, राजतन्त्रको बिरोध, पृथ्वीनारायण शाहको साम्राज्यवादी नीतिको खरो बिरोधी देखिन्छन् । २०२४ साल देखि न्युलाइट पत्रिकामा उठाएका केही बिषय वस्तु यस्ता थिए छन् ।
१) पञ्चायत शासनको बिरोध–बहुदलको माग,
२. राजतन्त्रको बिरोध–लोकतन्त्रको माग,
३. हिन्दुराष्ट्रको बिरोध–धर्मनिरपेक्षको माग,
४. केन्द्रीकृत शासनको बिरोध–संघीयताको माग,
 ५. राजाको बिरोध–राष्ट्रपतिको माग,
 ६. एक भाषा नीतिको बिरोध–बहुभाषाको माग,
 ७. सस्कृत भाषा बिरोध,
 ८. गोर्खा भर्तीको बिरोध,
 ९. बिक्रम सम्बत पात्रो, जनसंख्या नियन्त्रण गर्ने नीतिको विरोध,
१०. प्रेस स्वतन्त्रता,
११. बुद्धको उत्थान, १२. समावेशीता
१३. बाहुन जातीय व्यवस्थाको बिरोध, १४. राष्ट्रिय पोसाक,
१५. नेपाल टेलिभिजनको लोगोको बिरोध,
 १६. नेपाल भारत सिमा बन्द गर्ने,
१७. बिश्वका तानाशाहीहरु, अत्याचारी शासनको बिरोध,आदि इत्यादी । १९ वर्षे पत्रकारीताको स्वरुप नै नेपाली राजनीतिमा अदेखा सचाई हो । जुन २०४२ सालमा पहिलो प्रकाशन भयो । २०४४ सालमा दोस्रो संस्करण छापिए पछि ३ वर्ष जेल जानु पर्यो ।
यी माथिको समग्र विषयवस्तु र मुद्दाहरुको पुनरावलोकन गर्दा गोपाल गुरुङले वास्तविक समस्या वुझिसकेका थिए । त्यहि भएर पञ्चायतकालमा राजनीतिक संगठन एमएनओ को स्थापना गर्नु पर्यो । एमएनओ जेलभित्र स्थापना भएको हो ।

२०४६ सालपछि गोपाल गुरुङ
अदेखा सचाई पुस्तक लेखि सैद्धान्तिक विचार पस्केर उत्पीडित समुदायलाई जनचेतना छरे पनि व्यवहारिक रुपमा राजनीति अपरिहार्य भएको निस्कर्ष थियो, गोपाल गुरुङको । यसकारण मंगोल नेशनल अर्गनाइजेशनको स्थापना भयो । राजनीति शास्त्रमा विद्यावारीधी गरेको गुरुङले राजनैतिक शक्ति भनेका सबै बन्द ताला खोल्ने चावीका रुपमा लिन्थे । अर्गनाइजेशन स्थापनाको ८ महिना पछि २०४६ सालको अन्त्यतिर रिहाइ भएका गुरुङले २०४७ सालमा निर्वाचन आयोगले दर्ता दिएन । २०४७–२०५२ साल सम्म सर्वोच्च अदालमा मुद्दा लडे पनि वेरितमा मुद्दा टुंगीयो संगठन दर्ता भएन । २०४६ सालमा लेख्नु भएको घोषणा पत्रलाई अवलोकन गर्दा निम्न तथ्यहरु प्रस्तुत छन् ः १. घोषणा पत्रको प्रस्तावनामा पाँच क्रान्तिको उल्लेख छ ः क) राजनीतिक, ख) आर्थिक, ग) धार्मिक, घ) शैक्षिक, ङ) सास्कृतिक क्रान्ति । २. वर्णभेदी नीति (रेसियल डिस्क्रमिनेसन) को जोडदार बिरोध गरिएको पाइन्छ । २२ वटा वुँद्धा अनुसार तत्कालिन समयमा उठाउनु
भएका प्रमुख मुद्धा यस्तो रहेछ 
१. बहुदलिय व्यवस्था, लोकतान्त्रिक समाजवाद, धर्मनिरपेक्ष, संघीय व्यवस्था ।
२. समावेशी र समानताको आधारमा सेना  र प्रहरी हटाई ४०-५० हजारको प्याराट्रुप्सको माग
३. सबै मातृभाषाहरुलाई माध्यमिक तह सम्म ऐच्छिक बिषय बनाइ पढाइने व्यवस्था गर्नु, संस्कृत बिश्वविद्यालयलाई दिने हण्डी बन्द गर्नु
४. मंगोल कुलको लागि छुट्टै मन्त्रालयको माग, मंगोल समुदायको हितको नीति निर्धारण त्यसै मन्त्रालयले गर्न पाउने व्यवस्था५. बिक्रम संवत हटाई बुद्धिष्ट वा नेपाल सम्बत् कायम
६. दलित,क्रिश्चियन, मुसलमानाको हर क्षेत्रमा उन्नतीको लागि छुट्टा छुट्टै विभागको माग
६. धरानमा श्रीजंंगा लिम्बुको नाममा विश्वविद्यालय पश्चिम पोखरामा लखन थापा मगरको नाममा विश्वविद्यालय बनाइनु पर्ने कर्मचारी दुइ समुदायका मात्र नभई सबै समुदायबाट हुनु पर्ने लगायत महत्वपूर्ण मुद्धा उठान भएको छ ।
राजा बीरेन्द्रलाई २०५२ सालमा आजीवन राष्ट्रपति भइदिन आग्रह सहितको ६ बुँदे पत्रचार गर्दा आफ्नो २०२६ सालदेखिको आवाजलाई उठान गर्नुभएको घाम जतिकै छर्लङं्गै छ । राजनीति जीवन सधै अर्धभुमिगत विताएका गुरुङले सधै आफू नास्तिक विचारधारा भएपनि नेपाललाई धर्मनिरपेक्षको मार्गमा ल्याउन महत्वपूर्ण योग्दान दिनु भएको प्रस्टै छ । २०५८ सालमा प्रकाशित ५२ वटा बुदामा समेटिएको पुस्तक “अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेट (पिएचडी)” लाई अवलोकन गर्दा नेपालमा जातीय व्यवस्थाको मुहारलाई नंङ्ग्यादिएको छ । जुन पुस्तकको कारण बर्षौ भुमिगत हुनु परेको थियो । त्यसैगरी २०६२ सालमा प्रकाशित ग्रन्थ नेपाली राजनीतिमा मंगोलबाद–बाहुनबाद–माओबाद” प्रकाशित भएपछि मंगोल वर्ण वा नश्लमा आधारित नभई बाहुनवादलाई परास्त गर्ने  अश्त्रको रुपमा मंगोलवादलाई अघि सार्नु भएको छ ।

२०६२-६३ पछि
जब ०६२-६३ पश्चात भएको आंशिक परिवर्तन संगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष मुलुक घोषणा गर्न बाध्य भयो । जुन मुद्धाको निमित्त गोपाल गुरुङले आफ्नो सम्पूर्ण समय खर्च गरेका थिए ।  गोपाल गुरुङको जीविद हुँदैको महत्वपूर्ण जीत भनेकै संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष हो । र उहाँले देखेको पृथ्वीनारायण शाहको ४ वर्ण ३६ जातको एकल तोरीबारीलाई साझा तोरीबारी बनाउनु पर्छ भन्ने प्रमुख मान्यता हो ।  जुन कुरा २०६५ सालमा सबैधानिक समितिको सचिवालयमा बुझाएको १८ बुँदे सुझावले पुष्टी गर्छ ।

निस्कर्ष
तथ्य तथ्याङ्कलाई बिश्लेषण गर्दा गोपाल गुरुङले जती भुक्तमान भोगे, जति संघर्ष गरे नयाँ नेपालको लागि गरेको सिद्ध हुन्छ । उनले सधै जितुवा भएर शोषण गर्ने, शासन गर्ने, सामन्ती, साम्राज्यवादी, वर्णभेदी शासकको बिरोध गरे । सधै उत्पीडितहरुको मनोबललाई उच्च बनाए । सबैको भाषा, धर्म, संस्कार संस्कृतिले फुल्ने मौका पाउनु पर्छ । जात त बोट बिरुवाको हुन्छ मान्छेमा होइन । जात व्यवस्था वा बाहुनवादको जरो उखेल्नु पर्छ भन्ने मान्यता लिएका गुरुङले आफूले कहिल्यै पदको लोभी देखाएनन् । बाहुन जातिय व्यवस्थाको खरो बिरोध गर्ने सायदै गुरुङ मात्र एक हुन । जसले कहिल्यै डराएनन् । को दलित, को जनजाति, को मतवाली सबैलाई सोच्न बाध्य बनाए । जसले अहिन्दु मूलबासी मंगोल एकताको शखघोष गरे । उनको विचारसंग सहमत हुन थालेका छन् । यो खुखद पक्ष हो ।