रुकुम घटनाको दोषीलाई कडा कार्बाहीको माग गर्दै, MNO DGG र ईसेवा समाजले संयुक्त रुपमा रुपन्देहीमा ज्ञापन पत्र बुझायो - MONGOL KHABAR

Breaking

रुकुम घटनाको दोषीलाई कडा कार्बाहीको माग गर्दै, MNO DGG र ईसेवा समाजले संयुक्त रुपमा रुपन्देहीमा ज्ञापन पत्र बुझायो

जगत ठाडा मगर
बुटवल । जेष्ठ १६ शुक्रवार, रुपन्देही जिल्ला प्रशासनमा पश्चिम रुकुम र रुपन्देही घट्नाका दोषीमाथी कडा कार्बाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई ज्ञापन पत्र बुझाएका छन ।

मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ संगठनका संघिय सभाका प्रबक्ता तुलवीर दर्लामी, संघिय सदस्य तथा सचारकर्मी जगत ठाडा मगर, मुलबासी अभियान्त रमेश बुढाथोकी मगर, ईसेवा समाजका अध्यक्ष S.B मंगोल (सुनिल) वरिष्ठ उपाध्यक्ष चन्द्रमान मंगोल ( अबतार ) सल्लाहकारहरु क्रमश: इन्द्र मंगोल सिताराम रसाइली लगायतका ब्यक्तिहरुले सामुहिक रुपमा दोषीमाथी कडा कार्बाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ निवासी वीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विक बीचको लामो समयको प्रेम सम्बन्ध पछि प्रेमप्रेमीकाको सहमतिमा विवाहमा परिणत हुने क्रममा जेठ १० गते सामूहिक हत्या गरिएको थियो ।

जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, संजु बिकको पनि हत्या हुनुका साथै सँगै गएका गोबिन्द शाही बेपत्ता छन् । कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतना माथिकै नमेटिने कलंक हो ।
यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको विज्ञप्तिमा निन्दा तथा भ्रसना पनि गरेको छ । त्यस्तै रुपन्देही जिल्लाको देवदहमा-१३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय युबकले हत्या गरिएको छ ।

वर्तमानमा रुकुम पश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न सगठन, संघ संस्थाहरुले माग गरेको छ ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनबिन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न, अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदाय माथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न ज्ञापान पत्र मार्फत माग गरेको छ ।

बिज्ञप्तीमा पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज, संचारकर्मी र न्यायप्रेमी सबैमा आग्रह समेत गरेको छ ।

यता ज्ञापन पत्र बुझ्दै रुपन्देही जिल्ला अधिकारी महादेव पन्थले आजै गृहमन्त्रालय, सिंहदरबार काठमाडौंमा पठाउने प्रतिबद्धता जनाएका छन् ।