रुकुम नरसंहार घटनाको दोषिलाई कार्बाहीको माग गर्दै धरानको भानुचोकमा प्रदर्शन - MONGOL KHABAR

Breaking

रुकुम नरसंहार घटनाको दोषिलाई कार्बाहीको माग गर्दै धरानको भानुचोकमा प्रदर्शन

जगत ठाडा मगर
धरान । जेठ १९ सोमबार, रुकुम पश्चिम चौरजहारी नरसंहार मानव हत्याको घटनामा संलग्न माथि कारबाहीको माग गर्दै धरानको भानुचोकमा सोमबार प्रदर्शन तथा बिरोध सभा सम्पन्न भएको छ ।

प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई समेत कारबाही गर्नु पर्ने लगायत माग गरेका छन् । बिरोध तथा प्रदर्शन कार्यक्रममा संघिय संयोजक वीर लाल वालाहाङ, संघिय सचिब लोक मोक्तान र सुनसरी नारी सभा अध्यक्ष अमृता राईले मन्तब्य राखेका थिए ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा केटी लिन भन्दै गएका जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विक सहितको ६ जनाको हत्या भएको थियो ।

१९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको प्रदर्शनकारीहरुको आरोप छ । अनुसन्धानका लागि वडाध्यक्ष सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ जिल्ला सभा सुनसरीको आयोजनामा सुनसरी जिल्ला सभा सचिब साहारा कुलुङको संचालन र जिल्ला अध्यक्ष काजीमान राईको समापनमा भएको थियो ।