बाहुनबादको परिभाषा बुझ्न जरुरी, बाहुनबाद के हो ? - MONGOL KHABAR

Breaking

बाहुनबादको परिभाषा बुझ्न जरुरी, बाहुनबाद के हो ?

काठमाडौ । समाजशास्त्री, मानवशास्त्री, लेखक विद्वान, राजनीतिज्ञहरुको विचारलाई प्रस्तुत गर्न चाहन्छु ।
“ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति बिशेषलाई मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ ।” डोरबहादुर बिष्ट

“बाहुनवाद विचारधारा हो । दृष्टिकोण हो । त्यो दृष्टिकोण कसले बोकेको छ ? कुन संस्कार, संस्कृति र सभ्यताबाट आएको छ ? उत्तर सजिलो छ । बाहुनवाद भनेको व्यक्तिविशेषको कुरा भएन । तर, अधिकांश बाहुनले बाहुनवाद बोकेका छन् ।” कृष्ण भट्टचन

“ब्राह्मण वर्गको नितान्त स्वार्थी जातीय सर्वसत्तावादी मानसिकता, मनोवृति एवम तदअनुरुप स्थापित तथा सञ्चालित पद्धति हो ।’’ दुर्गाहाङ याक्खा राई

“ब्राह्मणवादद्वारा मेरो मतलब ब्राह्मणको शक्ति, सुविधा र समुदायको रूपमा रूचि छैन । जुन शब्दमा मैले यो शब्द प्रयोग गरिरहेको छु त्यो अर्थ होईन । ब्राह्मणवाद द्वारा मेरो मतलब भनेको स्वतन्त्रता, समानता र भ्रातृत्वको भावनालाई अस्वीकार गर्नु हो ।” –डा. बाबासाहेव अम्बेडकर

“बाहुनबाद भनेको सर्व साधारणले बुझ्ने भाषामा भन्ने हो भने आफै मात्रै खाउँ । आफैं मात्रै लाउँ । सबै स्वार्थ आफैं मात्रै सिद्द गरौं । सबै नेत्रित्वमा आफैं मात्रै पुगौं । अर्थात् अरुको बारेमा पटक्कै नसोच्ने । आफु केन्द्रित, आत्मकेन्द्रित । जुन स्वार्थ सिद्द गर्ने एउटा प्रबृत्ति हो त्यो प्रबृत्तिलाई ब्राह्मणवादको रुपमा बुझिन्छ ।”
– आङकाजी शेर्पा

बाहुनवाद पुस्तकका लेखक अरुण बरालका अनुसार वास्तवमा वाहुनवादी भन्नाले हाम्रो आशय हिन्दूवादी जातीय विभेद र रुढिवादमा विश्वास गर्ने र सो अनुरुपका व्यबहार गर्ने उपाध्य बाहुन जैषी, क्षेत्री, कुमाई र अन्य जाति समेतलाई भन्न खोजिएको हो । नाक चुच्चे गरेको आर्य जो जाति प्रथा, आध्यात्मवाद, हिन्दूवाद कर्मकाण्डको वकालत गर्दछन ती सबैलाई बाहुनवादी भन्न खोजिएको हो । बाहुन र बाहुनवाद बीचको अन्तर भनेको बाहुन भनेको एक किसिमको वर्ण मात्रै हो । यसर्थ बाहुनलाई देखना साथ उसलाई ब्राह्मणवादी शाषक जाति वा शोषक जाति भनठान्नु हुदैन । बाहुन हुन उसको ईच्छा होईन । रहर गरेर वा निवेदन हालेर बाहुनको कोखबाट जन्मिएको पनि होईन । सबै बाहुनलाई बाहुनवादी भनियो भने उसप्रति अन्याय पनि हुन जान्छ । बाहुनवादी भन्नाले हामी हिन्दूधर्ममा आस्था राख्ने, जातीय भेदभावमा विश्वास राख्ने, राजालाई बिश्वास गर्ने, स्वयंपाकेवाद एवं परिवारभित्र छुवाछूत गर्ने, विज्ञान विरोधी गरि हिडने, अग्रगमनलाई विरोध गर्ने, जातीय स्वायत्तताको विरोध गर्ने आदि गलत विशेषता बोकेका मानिसलाई सम्झनु पर्दछ । जनजातिमा पनि बाहुन बोलाएर पुजापाठ गराउने, ज्योतिष शुभअशूभ हेराउने चिना बनाउने, हिन्दू मन्दिरमा गई दानदक्षिणा पूजापाठ गर्ने, दलितले छोएको नखाने, राजतन्त्रको वकालत गर्ने, संघीयता स्वशासन धर्मनिरपेक्षताको विरोध गर्ने आदि लक्षण छन भने ती जनजाति पनि बाहुनवादीनै हुन । बाहुनवादी हुनकालागि नाक चुच्चो भइराख्नु पर्छ भन्ने केहि छैन । बाहुनवादी नाकले होइन विचार र व्यबहारले हुने कुरा हो । अहिले हामी कहा नाक चुच्चे भए पछि सबै बाहुनवादी नाक थेप्चो भएपछि बाहुनवाद विरोधी ठान्ने जुन प्रचलन छ । त्यो गलत छ । देउता, ईश्वर, भुतप्रेत वा आध्यात्ममा विश्वास गर्ने र विज्ञानको विरोध गर्नेहरू सबै बाहुनबादका ठिमाहा सन्तती हुन ।’’
वामन मेश्रामले “सभी समस्याओ का मूलबारण ब्राह्मणवाद” पुस्तकमा यसरी ब्याख्या गर्छन, “हामी किन ब्राह्मणवादलाई ब्राह्मणवाद भन्छौं?“ यो विचारनीय कुरा हो । किन ब्राह्मणवादलाई क्षेत्रीयवाद भनिएको छैन? किन वैश्यवाद भनेन ? किन यसलाई शूद्रवाद भनेनन ? वर्णव्यावस्थामा चार वर्णहरू हुन्छ, यी वर्णको नाममा यस “वाद” किन आधारित छैन ? ब्राह्मणवादलाई किन ’ब्राह्मणवाद’ भनियो? मेश्राम लेख्छन, “ब्राह्मणवाद एक विचारधारा हो र तपाईले यो विचारधारालाई तरवारले काट्न सक्नुहुन्न । जसरी कलम छ, यो देखिन्छ, तर ब्रह्मणवाद भन्ने विचारधारा देख्न सकिदैन, त्यसैले यसलाई गोली हान्न सकिदैन । यो एक विचारधारा हो र यो विचारधारा काट्न तपाईंलाई केवल एक विचारधारा चाहिन्छ । यदि विचारको कुनै धार छैन भने हामी समाजमा ब्राह्मणवादलाई इन्कार गर्न सक्दैनौं ... ब्राह्मणवाद भन्नुको मूल कारण भनेको ब्राह्मणवाद विचारधाराको निर्माता बाहुन हो”

गोपाल गुरुङद्वारा लिखित नेपाली राजनीतिमा अदेखा सचाइ (१९८५) अनुसार हिन्दुवाद वर्णश्रमीको उपज हो, हिन्दुवाद नै बाहुनवाद हो । बाहुनवादको टाउको बाहुन हो । हिन्दुवाद भनेको ढुंगालाई दुध मान्छेलाई मुत खुवाउने संस्कार हो । उहाँका प्राय सबै पुस्तक र भाषणहरुमा बाहुनवादको चर्चा गरिएको छ ।

प्रसिद्ध इतिहासकार राहुल सांकृत्यान “तिमीलाई केवल ब्रह्मवाद मनको उडान हो, मनको कलाकारिता हो भन्ने लागेको होला त्यस्तो होइन गार्गी यसका पछाडि राजा र ब्राह्मणहरुको ठूलो स्वार्थ लुकेको छ । जतिवेला यो ब्रह्मवाद जन्मियो त्यतिवेला यसको जन्मदाता मेरै वंगलमा सुत्थ्यो । यो राजसत्ता र ब्राह्मणसत्तालाई दृढ तुल्याउने ठूलो साधन हो । यो कृष्णलौहको खड्ग जस्तो, उग्र लाहितपाणि भट्ट जस्तो एउटा साधन हो ।” उनले जब सम्म धर्म र त्यसको दानपुन्यबाट जीवन यापन गर्ने श्रमण ब्राह्मण रहन्छ तबसम्म पृथ्वी स्वर्ग हुन सक्दैन भनेका छन् ।

पद्मलाल विश्वकर्माको विचारमा “ब्राह्मणवाद भन्दा कुनै जाति बिशेषलाई लक्ष्य गरेको भन्ने बुझाई विल्कुलै गलत हो, धर्मका आडमा विकसित सामन्ती सस्कृति नै ब्राह्मणवाद हो । जसको कारणले जातीय भेदभाव र छुवाछुत प्रथा हुर्किएको हो । प्रजातन्त्र, समाजवाद र साम्यवादको नारा घन्काउने पार्टी कार्यकर्ताहरु व्यवस्हारमा जातपात र छुवाछुत मानुञ्जेल ब्राह्मणवादी नै हुन् ।”

रामशरण सिंह रत्नेशको विचारमा, “ब्राह्मणवाद त्यो वर्गका निर्देशनलाई भनिन्छ जुन निर्देशन ब्राह्मणद्वारा रचित दर्शन र साहित्यको माध्यमबाट हिन्दु समाजलाई चीर कालदेखि प्राप्त भइरहेछ र समयअनुसार यसको रुपरेखा अदल–बदल हुँदै आइरहेछ ।”
ऋग्वेदको पुरुषसूक्तमा त्यो परमात्मालाई ‘पुरुष’ भनिएको छ र त्यो विराट पुरुषको मुखबाट ब्रह्मज्ञानी (ब्राह्मण), पाखुराबाट शूरवीर (क्षत्री), तिघ्राबाट वितरण गर्ने (वैश्य) र गोडाबाट श्रमिक (शूद्र) वर्ग वा तिनको भाव प्रकट भए । भनिएको छः-

ब्रामाणोऽस्य मुखमासिद् बाहू राजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः पाद्म्यां शूद्रो अजायतः ।।१२।।
ब्राह्मणवाद संस्कृत शब्द हो त्यसैको अप्रभ्रंश बाहुनवाद हो । वाहुनवाद हिन्दुवर्णाश्रमी व्यवस्थाले सृजना गरेको विचारधारा हो । विद्वानहरुको तर्क र बिवेचनाको आधारमा बाहुनवादको कुनै क्षेत्रीयवाद, वैश्यवाद र शुद्रवाद हुँदैन । यसको कारण बाहुन भनेको The world is under the power of God. God is under the power of mantra and mantra is under the power of bahun. Therefore bahun is all in all. अर्थात संसार भगवानको अधिनमा छ, भगवान मन्त्रको अधिनमा छ र मन्त्र बाहुनको अधिनमा छ, यसकारण बाहुन सर्वेसर्वा हुन्छ ।
“सापत ताड्न पुरुष कहंता, बिप्र पूज्य अस गावदिं संता पूजिय विप्रशील गुनहीना, शूद्र गुण गन ज्ञान प्रवीना” अर्थात ब्राह्मणले श्राप दिए पनि हत्या गरे पनि गाली गरे पनि उ पूजनीय छ । गुणरिहत किन नहोस तर उ ब्राह्मण हो भने पुजनीय छ र गुणले मुक्त होस् वा ज्ञानमा निपुर्ण होस् तै पनि शूद्र पुजनीय हुँदैन ।

“द्विज निदक बहु नरक भोग करि जगत जनभई वायस शरीर धारी” अर्थात ब्राह्मणका निन्दा गर्ने व्यक्तिहरुले धेरै नरक भोगेर पृथ्वीमा फेरि कागको जन्म लिन्छन् ।
ब्राह्मणो जायमानो हि पृथ्वीव्याम् अधिजायते ।
ईश्वरः सर्वभूतानाम् धर्मकोशस्य गुप्तये ।।९९।।
ब्राह्मण अस्तित्वमा आउनु
पृथ्वीमा जन्मले उत्तम हो,
सम्पूर्ण प्राणीहरुको मालिक,
त्यो निधिको रक्षाको निमित्त जुन पवित्र धर्म हो ।।९९।।
डोरबहादुर विष्टले धर्म भन्नु सर्वोच्च शक्ति हो र बाहुनवादी मान्यता हिन्दू धर्मबाट आएको हो । त्यस्ता मान्यतामध्ये सबभन्दा महत्त्वपूर्ण चाहिँ भाग्यवाद (फ्याटलिजम) हो । सारमा भाग्यवाद भन्नाले त्यस्तो ‘सोच हो, जसअनुसार व्यक्तिगत जीवनको परिस्थिति नियन्त्रण गर्ने सार्मथ्य कोहीसँग हुँदैन । त्यो अलौकिक बाह्य शक्तिले मात्रै गर्न सक्छ’ (विष्ट सन् १९९१ः४) । भाग्यवाद ‘पुराणहरूमा आधारित छ र कर्मले नै सबैथोक निर्धारण गर्छ भन्ने यसले विश्वास गर्छ’ (विष्ट सन् १९९१ः५८, पादटिप्पणी २) ।
भाग्यवादसँगै जोडिएर आउँछ ‘आफ्नो मान्छे’ को अभ्यास । यो पनि हिन्दू धार्मिक विश्वास र भगवानप्रतिको भरोसाबाट उब्जिएको सोच हो । विष्टका अनुसार नेपाली संस्कृति मूलतः ‘सामूहिकता’ (कलेक्टिभिस्ट अप्रोच)मा आधारित छ, जुन आफैंमा राम्रो कुरा पनि हो, यद्यपि उच्च(जातीय समूहबीचको सामूहिकता आफ्नो मान्छेको सञ्जालमार्फत विकृत रूपमा प्रकट हुन्छ । भाग्यवाद र आफ्नो मान्छेसँगै आउने विष्टको तेस्रो अवधारणा भनेको चाकरी हो । विष्टका अनुसार यो अवधारणामा पनि धर्म नै प्रमुख रूपले जोडिएर आउँछ । उनी लेख्छन, ‘चाकरीको उद्भव धार्मिक(सांस्कृतिक अभ्यास र श्रद्धामा रहेको छ, जुन शासक वर्गमा प्रसारित हुँदै शक्तिका विभिन्न तहमा आसिन रहेकाहरूसम्म फैलियो’ (विष्ट सन् १९९१स्५) । यसर्थ, विष्टका अनुसार, उच्च–जातीय हिन्दू शासक वर्ग बाहुनवादी रोगबाट प्रताडित छ । बाहुनवाद नफाले सम्म देशले पौरख गर्ने जनता नहुन्जेल देशले उन्नती गर्दैन ।

यहि कारण होला पृथ्वी नारायण शाहले पनि पूर्व पश्चिमका बाहुनलाई दरबार पैठ हुन नदिन यिनले वेथिति गराउछन भनेका होला । अर्को कुरा पुरानमा “ब्राह्मस्तु कृषि कृत्वामहादोष मवासुयात” अर्थात ब्राह्मणले खेती काम गरेमा महादोष प्राप्त गर्दछ । यी तथ्यले बाहुन सर्वोच्चता प्रदान हिन्दु शास्त्रले नै दिएको छ ।
- जीवन मंगोल