नवलपुरमा असार १ गते सम्मको कोरोना अपडेट, सबै भन्दा बढी बौदिकाली गाउँपालिकामा संक्रमित - MONGOL KHABAR

Breaking

नवलपुरमा असार १ गते सम्मको कोरोना अपडेट, सबै भन्दा बढी बौदिकाली गाउँपालिकामा संक्रमित

नवलपुर । असार १ सोमबार, नेपाल कै कान्छो जिल्ला नवलपुरमा असार १ गते सोमबार सम्म कोभिड-१९ कोरोना संक्रमितको संख्या ४६ जना पुगेको छ ।

सोमबार सम्म नवलपुर जिल्लामा १७१५ जनाको स्वाव: संकलन गरिएको छ, भने परिक्षण हुन बाँकी ८१३ छ्न । परिक्षण भएका मध्ये ८४६ को रिपोर्ट नेगेटिभ आएको छ । असार १ सम्ममा सबै भन्दा बढी बौदिंकाली गाउँपालिकामा १३ जना पुष्टि भएको छ । क्रमश : हुप्सेकोट गाउँपालिकामा ८ जना र देवचुली नगरपालिकामा ८ जना पुष्टि भएको छ । कावासोती नगरपालिकामा ५ जना, गैडाकोट नगरपालिकामा ४ जना मध्यबिन्दु नगरपालिकामा २ जना र बुलिङटार गाउँंपालिकामा १ जना संक्रमित पुष्टि भएको छ ।

जस मध्ये २ जना निको भएर घर फर्किसकेको छ । ३ जना आईशोलेशनको अवधि पुरा भएकाले कोभिड १९ राष्ट्रिय परीक्षण निर्देशिका बमोजिम भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो । संक्रमण पुष्टि हुने सबै जना भारतवाट आई क्वारेन्टाईनमा बसेकाहरु हुन् ।