नवलपुरको बुलिङटार गाउँपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि - MONGOL KHABAR

Breaking

नवलपुरको बुलिङटार गाउँपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि

नवलपुर । जेठ २० मंगलबार, नवलपुरको बुलिङटार गाउँपालिकामा एक युवकमा कोरोना भाईरस कोभिड–१९ संक्रमण भेटिएको छ ।

बुलिङटार गाउँपालिका वर्डा नम्बर ४ का ती युवकमा कोभिड १९ को संक्रमण पुष्टी भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण वास्ताकोटीले मंगोल खबरलाई जानकारी दिए । संक्रमित व्यक्ति यस अघि कपिलवस्तु वाणगंगामा नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए । त्यहाँ रहँदा उनको स्वाब संकलन गरिएको थियो ।

कपिलवस्तुमा नै परिक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको खबर प्राप्त भएको बुलिङटार गाउँपालिकाका अध्यक्षले बताए । उनि हाल त्रिभुवन मावि बुलिङटारको क्वारेन्टाईनमा रहेका छन ।