पाल्पा रामपुरमा गोरु काँटेको अभियोगमा तीन जना पक्राउ - MONGOL KHABAR

Breaking

पाल्पा रामपुरमा गोरु काँटेको अभियोगमा तीन जना पक्राउ

जगत ठाडा मगर
पाल्पा । असार ८ सोमबार, रामपुर पाल्पा बरभन्ज्याङ स्थित गोठमा बाँधिराखेको गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन ।

रामपुर नगरपालिका वर्डा नम्वर-१० बरभान्ज्याङ स्थित स्थानिय वीरबहादुर सुनारको गोठमा बाँधेर राखेको गोरु काँटेर खाएको आरोपमा सोही गाउँका दामोदर सुनार, नारायण सुनार र प्रेम सुनारलाई गरेको हो ।

पक्राउ पर्ने तिनै जनाले गोरु काँटेर खाएको स्विकारेका छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ पर्ने तिनै जनालाई गौँ हत्या आरोपमा मुद्दा चलाउने पाल्पा प्रहरीले बताएका छन ।

तर, मुलुक धर्मनिरपेक्ष भइसकेको भन्दै गौ हत्या अभियोगमा प्रशासनबाट पक्राउ गर्ने क्रम नरोकिएको प्रति नेपालका विभिन्न संघ संस्थाहरुले बिरोध जनाई आइरहेको छ ।