मगरको 'मिलामल्हेट' शब्दले लकडाउन शब्द लाई नै उधृत गर्छ, - खड्क पामी आले मगर - MONGOL KHABAR

Breaking

मगरको 'मिलामल्हेट' शब्दले लकडाउन शब्द लाई नै उधृत गर्छ, - खड्क पामी आले मगर

तनहुँ । असार ८ सोमबार ९:३५ बजे
'नेपालमा लकडाउन पहिला पहिला पनि हुने गरिन्थ्यो ! 'मिलामल्हेट' शव्दको प्रयोग पनि पहिले देखि नै थियो !'

'हिजोका दिनहरुमा नेपालमा धेरै महामारीहरु आए गए । कहिले बिफरको महामारी, कहिले हैजाको महामारी,कहिले औलोको महामारी आदि आदि..,। त्यस्तो महामारी नेपालीले धेरै झेल्यो । त्यतिखेर  नेपालको धेरै गावैं सखाप बनाएको इतिहास साँची छ । .जति खेर महामारी आउँथ्यो गाउँ पुरै लकडाउन हुन्थो । छमहिना, वर्ष दिन सम्म एउटा गाउँका मान्छे अर्को गाउँमा जान, छिर्न दिईन्नथ्यो । अहिलेको जस्तै बन्दबन्दी हुन्थ्यो । यि उदाहरणहरु नेपालको इतिहासमा देख्न हेर्न पाइन्छ । त्यो नै हो लकडाउन ।

त्यति बेला लकडाउनलाई के भनिन्थ्यो?
तथ्य नं.१,  
साबिक छिपछिपे गाउँ पञ्चायत हाल देवघाट गाउँपालिका वडा नं.२ जमडाँडा बस्ने ९३ बर्षिय मुख्य लाल बहादुर आले भन्छन -'बि.स १९९७ सालको माघ महिनामा थामडाँडा गाउँमा ठूलो महामारी आयो । थामडाँडा गुरुङ गाउँका १६ बिफारले सखाप बनायो । मुख्य लाल बहादुर आले अगाडि भन्छन - ' म तेह्र बर्षको थिएँ, मलाई याद छ, हाम्रो बुबाले उर्दी जारी गरेको "-लौ लाङघालीको जिप्पुर भञ्ज्याङ् , नरम भञ्ज्याङ् , कटौलखोला र छेरेङ्ग खोलौं लाम ठुन्के छाना । पिहिन घरौं का-काट लामल्हेट्के नुहुँके  !" मुख्य लाल बहादुर भन्छ्न । यसरी प्रयोग भएको देखिन्छ मिलामल्हेट शब्द ।
तथ्य नं. २, 
बि सं २०५४ भदौ २ गते म पहिला पटक शिक्षक पदमा नियुक्ति लिई साबिक भिरकोट गाउँपञ्चायत वडा नं ९, हाल रिसिङ गाउँपालिका वडा नं.३ काफलडाँडा स्थित श्री शिव सुन्दर आधारभुत विद्यालयमा गएका थिएँ । त्यहाँ मैले तिन वर्ष जति पढाएँ । पहिलो बर्ष कै कुरा हो, सायद चैतको महिना हुनु पर्छ । छिमेकी गाउँ दुबुङ्गमा हैजाको महामारी चल्यो । त्यति बेला काफलडाँडा गाउँका सबै जना गएर मेरै स्कुल नजिक रहेको दुबुङ्ग र काफलडाँडाको सिमना खाल्टु भञ्ज्याङमा बाटो थुनेको थियो । मान्छेहरु आवातजावत गर्न नमिल्ने गरि बार हालेका थिए । त्यति बेला सो समुहमा मैले पनि सहभागीता जनाएका थिए । मलाई याद छ, - यो के गरेको हो ? भनेर मैले त्यतिखेर सोधेका थिएँ । गाउँलेहरुको जबाफ थियो -"हैजा राहाले डेमो लामल्हेट्च ।" यसरी प्रयोग भएको थियो मिलाम्ल्हेट शब्द ।

लामल्हेट्च वा मिलामल्हेट शब्दको प्रयोग:- 

'लामल्हेट्के' शब्द पहिले देखि नै मगर समाजमा चल्दै आएको हो । यो कुन कुन क्रियाकलापमा प्रयोग गरिन्छ भन्ने कुरा मात्र हो । मैले यस भन्दा अगाडिको आलेखमा  'लकडाउनको' मगर शब्द 'मिलाम्ल्हेट' हुन सक्छ भनि प्रस्ताव गरेका थियौं । त्यो आलेखले सबैमा तरङ्ग उत्पन्न गर्यो । बहस बैरावी  चल्यो । यो सकारात्मक कुरा हो । यहाँ, मेरो भनाइ के हो भने, मगर भाषा अन्य भाषा भन्दा शब्दकोषको हिसाबले धेरै धनी छ । कैयौं शब्द प्रयोग बिहिन भएर हराएका छन । अहिले सुन्दा ती शब्द नौलो लाग्न सक्छ । त्यस्तै  भएका छन 'मिलामल्हेट' शब्द पनि । लामल्हेट्के, लामल्हिट्के, मिलाम्ल्हेट्के, मिलाम्भा: जस्तो शब्द मगर समाजबाट हराउन लागेको छ । यी श्रुतिसम भिन्नर्थ शब्द हुन । मेरो अगाडिको आलेखमा 'लामल्हेट्च र लामल्हिट्च' दुई शब्दमा धेरै बहस चल्यो । कसै कसैले यी दुई शब्दको एउटै अर्थ खोज्यो । बाटो बिराएको अर्थ लगायो । 'लामल्हिट्च' शब्दले बाटो बिराएको अर्थ लगाउँछ, भने 'लामल्हेट्च' शब्दको अर्थ अर्कै लाग्छ ।

लामल्हेट्च अर्थात मिलामल्हेट' शब्द कुन कुन क्रियाकलापमा प्रयोग हुन्छ ?
तथ्य नं. १,
आफ्नो गाउँ बस्ती सुरक्षाको लागि गरिने बारबन्देज बाचा बन्धन, थुनछेक जस्ता प्रवृत्तिको क्रियाकलापमा यो 'मिलामल्हेट' शब्द प्रयोग भएको पाईयो ।
उदाहरण नं. (क),
-२०५४ सालको चैत महिनामा (अगाडि उल्लेख गरेको ठेगाना) दुबुङ्ग गाउँमा हैजा महामारी आउँदा काफलडाँडा गाउँलेले खाल्टु भञ्ज्याङ नाका बन्दा गर्दा प्रयोग भएको शब्द 'कानुङ लाङघाङ हैजा पैढिके माह्याके लामल्हेट्के परिसा' भन्दै बार लगाएको।
उदाहरण नं.(ख),

बि. सं.१९९७ साल माघ महिनामा थामडाँडामा बिफारको महामारी आउँदा जमडाँडा गाउँका मुख्यले  गाउँका चार किल्लाको नाका बन्दा गर्न गाउँलेलाई उर्दी गरेको कुरा-'लौ लाङघालीको जिप्पुर भञ्ज्याङ्, नरम भञ्ज्याङ्, कटौलखोला र छेरेङ्ग खोलौं लाम ठुन्के छाना । पिहिन घरौं का-काट लामल्हेट्के नुहुँके !" वाक्यको प्रयोग ।
तथ्य नं. २,
प्रेतआत्मले दुख नदियोस भनेर गरिने बाचा बन्धन, तुनामुना वा भेटी बुझाउने जस्ता क्रियाकलापमा पनि 'लामल्हेट्के' शब्द प्रयोग भएको पाइन्छ ।
उदाहरण नं. (अ)
मान्छेको मृत्यु पछि घाटमा वा डाँडामा लगेर सतिगती गरे फर्किदा मल्हामीले बाटो राखेको काँढा टेक्दै अन्तिममा  पानीको तीन धर्को लाउने कृया 'लाम्ल्हेट्च' वा'लाम्ल्हेट्के' कार्य।
उदाहरण नं. (आ)
-कतै टाढा जाँदा छोरा छोरि वा नाति नातिनाले पछ्यायो भने 'उग्या डुट्मो राहाले,भन्दै बाटोमा स्याउला राखी ढुङ्गा चढएर बाटो फर्काउने कृया 'लामल्हेट्के' भनिन्छ ।
अन्तमा,
 माथिको क्रियाकलापमा प्रयोग गरिएको 'लामल्हेट्के' वा 'मिलामल्हेट' शब्दले अहिलेको लकडाउन शब्दलाई उधृत गर्छ । मेरो मिति-:२०७७ असार २ गते अनलाइन पत्रिकाहरुमा प्रकाशित मगर भाषामा लकडाउनलाई 'मिलामल्हेट' भनिन्छ ! शिर्षकको आलेख माथी जुन बहस वैराबी चल्यो, मैले त्यसलाई सकारात्मक रुपमा लिएको छु ।

अझै पनि म भन्छु अन्य भाषाको तुलनामा मगर भाषा शब्दकोष हिसाबले धेरै धनी छ्न । आयातित शब्दलाई बिस्थापित गरौं । हामिले धेरै मगर शब्द बिर्सिसकेका होलान । अझै शुद्ध मगर गाउँमा पसौं । त्यहाँ धेरै मगर शब्दहरु जिवित छन । हामिलाई भाषाको नयाँ शब्द सृजना गर्न आवश्यक छैन । भाषा शस्त्र पढेर अनुसन्धानको थेसिस तयार पारेर भन्दा शुद्ध मगर गाउँ पसेर गरेको अध्ययन बलियो हुन सक्छ । जिलउ ।।

      ©खड्क पामी आले मगर
         देवघाट-२जमडाँडा तनहुँ
         मिति:२०७७ असार ८ गते ।

[लेखक पामी आले, नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिको उपाध्यक्ष हुन।]