नवलपुर । असार ८ सोमबार, गण्डकी प्रदेशको नवलपुर जिल्लामा असार ८ गते सोमबार साझ सम्ममा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै नवलपुरमा कोरोनाबाट संक्रमितको संख्या १५७ पुगेको छ ।
अहिले सम्म नवलपुर जिल्लामा कोरोना संक्रमितबाट उपचार भैइ १२ जना डिस्चार्ज भएर घर फर्केका छन । पिसिआर परिक्षणको नतिजा १५९६ जनाको आएको छ, भने पिसिआर परिक्षणको नतिजा आउन बाँकी ५१० जनाको बाँकी रहेको छ ।
आज मात्र १४५ जनाको नमुना संकलन गरिएको छ, भने आरडिटि परिक्षण २७२२ जनाको गरिएको छ । हाल ११७ जना आईसोलेसनमा रहेको र ७८९ जना क्वारेन्टाइनमा बसेको छ ।
