लोक गायक दिपक परियारले आत्मा हत्या गर्यो - MONGOL KHABAR

Breaking

लोक गायक दिपक परियारले आत्मा हत्या गर्यो

बुटवल । असार १२ शुक्रबार, आत्मा हत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।

गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा - १० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

रुपन्देहीको कान्छी बजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।

दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।