अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने पाकस्तालको दाबी - MONGOL KHABAR

Breaking

अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने पाकस्तालको दाबी

एजेन्सी । औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेका छन् । यस भ्याक्सिनले झन्डै एक वर्षका लागि रोगबाट रक्षा गर्ने उनले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले बेलायत सरकारसँग सहकार्य गरिरहेको छ । मानिसमा यस भ्याक्सिनको परीक्षण जारी रहेका बेला एस्ट्रोजोनले विश्वभर २ बिलियन डोज उपलब्ध गराउनेगरी बेलायत सरकारसँग सम्झौता गरिसकेको छ ।

सोरोइटले मंगलबार बेल्जियम रेडियोसँगको कुराकानीमा तेस्रो चरणको ट्रायल सुरु भइसकेको जानकारी दिएका हुन् । प्रायः तेस्रो चरणको ट्रायल क्लिनिकल विकासको अन्तिम चरण हुनेगर्छ र यसक्रममा सुरक्षा र प्रभावकारिता जाँच्नका लागि हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ ।

यस भ्याक्सिनले उपलब्ध गराउने सम्भावित सुरक्षाबारे सोरियोटले भनेका छन्, ‘मलाई लाग्छ यसले झन्डै एक वर्षसम्म रक्षा गर्छ । सबै राम्रो भयो भने हामीसँग अगस्ट वा सेप्टेम्बरमा क्लिनिकल ट्रायलको नतिजा हुनेछ । हामी एकसाथ उत्पादन पनि गर्दैछौं । यदि सबै राम्रो भयो भने अक्टुबरबाट हामी बजारमा पु¥याउन तयार हुनेछौं ।’

एजेटडी–१२२२ नाम दिइएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन चिम्पान्जीलाई संक्रमित गर्ने रुघाखोकीको कमजोर भर्सनमा आधारित छ । यसमा सार्स–कोभ २ को स्पाइक प्रोटिनको जेनेटिकल मेटेरियल पनि समावेश छ ।  खोप लगाइसकेपछि मानिसको प्रतिरोधी प्रणाली कोभिड–१९ ले संक्रमण गरेमा यसविरुद्ध लड्न तयार हुनेछ । बेलायत सरकारले कोरोना भाइरसकै भ्याक्सिन विकास गरिरहेको लन्डन इपेरियल कलेजलाई पनि ४१ मिलियन पाउन्ड सहयोग गरिसकेको छ । यस भ्याक्सिनको परीक्षण यसै साता मानिसमा सुरु हुनेछ ।