डा-गोपाल गुरुङको देहावसान पछि, मंगोल सिद्धान्त र राष्ट्रबादीमा अडिक पहिलो ब्यक्ति -: वीरलाल वालाहाङ - MONGOL KHABAR

Breaking

डा-गोपाल गुरुङको देहावसान पछि, मंगोल सिद्धान्त र राष्ट्रबादीमा अडिक पहिलो ब्यक्ति -: वीरलाल वालाहाङ

काठमाडौ । महान ब्यक्तित्व युग पुरुष -डा.गाेपाल गुरुङले यहि रगतले मुछिएकाे भुमिकाे माटाेकाे सपथ लिएर काहाली लाग्दाे एकात्मक ब्राह्मण राज्यसत्ताकाे उग्र वकालत गर्नुभयाे । किताव लेखेकाे धारमा ३ बर्ष भद्रगाेल जेलमा कैदमा पिडादायी जीवन विताउनु भयाे । उहाँले यहाँकाे मरेकाे हाेकी जिउदाे हाे भनेर छुट्याउन नसकिने गरिब निमुखा सर्बसाधरण जनताकाे निम्ति सयौं पटक भाेक भाेकै रहेर साहासकाे आँशुकाे भेल बगाउनु भएकाे थियाे । त्यही पिडादायी जीवन र बलिदानकाे सपथ लिएर मुलवासी मंगाेल समुदायकाे नैसर्गिक अधिकार संस्थागत गर्न उहाँले उहाँकाे जीवन नै सर्मणपन गर्नुभयाे । महान मंगाेल राष्ट्रवादकाे जन्म दिनु त्यति सजिलाे भने पक्कै थिएन । 

यसर्थ ब्राह्मणवादकाे कारण यहाँ कयौं प्रतिभाहरु भएका महापुरुषहरुलाई नपुंसक बनाई सकिएकाे थियाे ।
राजनिती परिवर्तन संगै राजनीतिक षड्यन्त्रहरुकाे जन्म दिदै गर्दा ती ब्रामणवादी शासक उच्च निष्कर्षमा पुगे संगठन माथि छेदविछेद गरे । संगठन माथि हिलाे छ्यापियाे । कमजाेर बनाईयाे । सैद्धान्तिक अखडाहरु पहाड बनेर आयो । त्यही पहाड समतल मैदान बनाउन, कलाेकल्पित राजनैतिक षड्यन्त्रको समाप्तिको निम्ति महान मंगाेल राष्ट्रवादकाे उच्च सुरक्षा, सतर्कता र दिर्घाकालिन आमुल परिवर्तन तथा विषम बैचारिक क्रान्तिलाई निरन्तरता दिन याे भुमिमा दाेस्राे महान पुरुषकाे जन्म भयाे । 


भनिन्छ राजनीतिक परिवर्तन र राज्यसत्ता प्राप्तिको निम्ति कुनै लामाे समय र शारीरिक उचाइको खाँचाे पर्दैन । सिरिप स्वच्छ विचारकाे पर्दछ । कुनै पनि राजनैतिक षड्यन्त्र देखि पछि नपर्ने, निडर, दुरदर्शि र निर्भिकताका साथ लड्न सक्ने क्षमताले सुसझ्झित भएकाे उहाँलाई याे भुमिले जन्माएकाे सपूत महान ब्यक्तित्व हुनुहुन्छ, वीरलाल वालाहाङ्ग राई । हामी 
फैलाई साैभाग्यशाली ठान्छाै कारण उहाँ मुलुक कै हाेनाहार महाअभियानका नायक हुनुहुन्छ । मंगाेल नेशनल अर्गनाइजेसन- डा.गाेपाल गुरुङ संगठनकाे सर्बोच्च कमाण्डर समाहाल्दै आउनु भएकाे छ । 

डा.गुरुङले प्रतिवादन गर्नुभएको सिद्धान्तलाई आत्मासाथ गर्दै धर्म निरपेक्ष र प्रान्तीय सरकारकाे बलियाे अडानका साथ अटल रहन देश र जनता माथि आम घाेषणा गरिरहनु भएकाे छ ।


यो पनि पढ्नु होला

वीरलाल वालाहाङ राई नेपालका मुलबासी मंगोलहरुको एक असल र सफल नेता हुन । सिंहका सन्तान भनेको सिंहका सन्तान हुन । हमेसा सिंह नै हुन्छ । तर बुद्धलाल मेचेले जति सुकै सिंहको खोल ओढे पनि सिंह हुन सक्दैन, बिरालु नै रहन्छ । सिंह हुनलाई -डा.गोपाल गुरुङको सिद्धान्तमा सिद्धान्तनिष्ठ, असल नीति, कुशल नेतृत्व, राष्ट्रबादी, मानबताबादी सोच, स्वच्छ बिचार, समग्र मानव जनता प्रति इमान्दारीता, सेवा, प्रेम, र 80% अहिन्दु मुलबासी मंगोलको रक्षा गर्ने कटिबद्धता चाहिन्छ ।

बीरलाल वालाहाङ राईमा छ । तर मेचेमा छैन । मेचेको नेतृत्वमा रहेको MNO खस आर्य सहितको संगठन हो । अब संगठन होइन, पार्टी हो । मंगोल संगठन भए खस आर्य स्विकार्दैथ्यो । MNO खस आर्य सहितको पार्टी भैसक्यो । भबिश्यमा खस आर्य नै प्रेसिडेन्ट रहने पक्का छ । छोटो समयमा MNO DGG संगठन देश तथा बिदेशमा संगठन बिस्तार हुनुमा सबै मंगोलले आशा राखेको वालाहाङ ज्युँको निर्भीक, सिद्धान्तनिष्ठ बुझेर नै हो ।

बुद्धलाल मेचे, वीरलाल वालाहाङको दाजोमा आउनलाई वहाँको क्रियाकलाप, सिद्धान्तमा सिद्धान्तनिष्ठ, योगदान, शिक्षा र प्रेरणा लिएर जनता सामु आउन सक्नु पर्छ । लम्पसारबादी, सिद्धान्तमा बिचलित पद र पैसाको लागि मंगोल राष्ट्रबादको सिद्धान्तलाई च्याप्टर क्लोज मंगोल संगठनमा खस आर्य स्विकार गरेर अर्काको साहारा र इसरामा निरंकुश, राणा शासन भन्दा बढी एकतान्त्रिक रुपमा घमण्ड, बहुमत र मुर्खताले संगठन चलाउनुले बुद्धलाल मेचे निष्क्रिय हुँदै पतन हुनु हो ।

वीरलाल वालाहाङ राई एक दीर्घकालीन नेता हुन । मुलबासी मंगोलले मानेको नेता हुन । मुलबासी जनताले वहाँलाई भबिश्यमा देशको बिकास र समृद्धिको लागि आबश्यक्ताको रुपमा लिएको एक नेता हुन ।