छ चरणमा लकडाउन खुल्दैछ, असार १५ बाट बैंक तथा बितिय संस्था पूर्ण रुपमा संचालन र १ गते साउनबाट विद्यालय देखि निर्माण कार्य संचालनमा ल्याउने - MONGOL KHABAR

Breaking

छ चरणमा लकडाउन खुल्दैछ, असार १५ बाट बैंक तथा बितिय संस्था पूर्ण रुपमा संचालन र १ गते साउनबाट विद्यालय देखि निर्माण कार्य संचालनमा ल्याउने

काठमाडौं । जेठ २३ अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति ल्याउने भएको छ । यसका लागि मिति र समय तोकेर छ चरण गरी स्वरुप तयार भइसकेको छ ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । यहि १ असारबाट मात्र लागु हुने छ । लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदै लगिने छ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढे पछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो अबस्था बुझेर लकडाउन खुकुलो गर्ने तयारी गरेका हो ।

पहिलोचरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्ने छन् ।

दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइने छ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइने छ ।

तेस्रो चरण अर्थात् असारको १५ पछि कृषि लगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा बितिय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ । कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।

चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ ।

पाचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् ।

छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइने छ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नु पर्ने छ । कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई शिल्ड गर्ने गरी प्रस्ताव तयार भएको छ ।