लकडाउनलाई मगर भाषामा 'मिलाम्ल्हेट' भनिन्छ :- खड्क पामी आले मगर - MONGOL KHABAR

Breaking

लकडाउनलाई मगर भाषामा 'मिलाम्ल्हेट' भनिन्छ :- खड्क पामी आले मगर

शिक्षक, मगर भाषा लेखक तथा रचनाकार खड्क पामी आलेले मगर ढुटमा लकडाउनको शब्द अर्थ "मिलाम्ल्हेट" कछार मिडिया ब्लगबाट !

लकडाउनको मगर शब्द 'मिलाम्ल्हेट' हुन सक्छ
शव्द भण्डारको लागि मगर भाषा अन्य भाषाको तुलनामा धेरै धनी छन । तापनि  नयाँ अविस्कार वा केहि प्राविधिक शव्दहरुको ठ्याक्कै मिनिङ नहुन पनि सक्छ । तर त्यो परिवेश संग मिल्दो जुल्दो कृया प्रतिक्रियाको नाम भने पक्कै चलन चल्तीमा रहेको हुन्छ ।  मलाई  Sanjog laaphaa magar ले 'लकडाउन'को मगर शव्द के हुन सक्छ ? भनेर सोध्नु भएको थियो । -यहाँ  मैले 'लकडाउनको' मगर शव्द प्रस्तावित गरेको छु ।

-"मिलाम्ल्हेट" । लकडाउन भनेको नै सिमा रेखा तोकिनु  हो । यो क्षेत्रबाट त्यो क्षेत्रमा प्रवेश निशेध भनेको हो । जहाँको ताँहि बस्नु भनेको हो । लकडाउनको सार अर्थ यहिं नै हो । तसर्थ, लकडाउनको मगर शब्द 'मिलाम्ल्हेट' हुन सक्छ ।

किन भने मगर संस्कारमा 'लामल्हेट्के' भन्ने शब्द प्रचलित छन । त्यो लकडाउन हो । यहाँ एउटा प्रसंग जोदौं, कुनै व्यक्तिको मृत्यु भयो, उसलाई घाटमा वा डाँडामा लागेर सतिगती गरिन्छ । त्यस पछि मल्हामी फर्किन्छ । फर्किंदा मल्हामिले बिच बाटोमा राखेको काँढा टेकेर फर्किनु पर्छ । अन्तिमामा जान्नेले त्यो काँढा भन्दा वार, पानीको तीन धर्को धार काटेर फालक्छन । 'अब देखि तिम्रो संसार फरक भयो, तिमी उटै बस । यो सिमा नघेर आउन पाउने छैन' भन्छ्न । यो संस्कारलाई मगर भाषामा  'मिलामल्हेट्च' भन्छ्न ।

त्यस्तै अर्को प्रसंग, बाउ आमाले आफ्नो छोराछोरीलाई छोडेर कतै टाढा जाँदा पनि 'उग्या डुट्मो राहाले' भन्दै बाटोमा स्याउला राखेर त्यस माथी ढुङ्गा चढाइ 'लामल्हेट्के' गर्छन । यि दुबै क्रिया लकडाउन नै हो । त्यसैले मेरो दाबी छ । लकडाउनको मगर शब्द 'मिलाम्ल्हेट' हुन्छ ।

लेखक :- खड्क पामी आले मगर
              देवघाट २ जमडाँडा तनहुँ
              मिति:२०७७ असार २ गते मंगलबार