पश्चिम नवलपरासीमा क्वारेन्टाइनमा रहेको एक पुरुषको मृत्यु - MONGOL KHABAR

Breaking

पश्चिम नवलपरासीमा क्वारेन्टाइनमा रहेको एक पुरुषको मृत्यु

नवलपरासी । असार १४ आइतबार, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर - २ स्थित चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको मृत्यु भएको छ ।

गए राती करिव १२ बजेको समयमा उनको अवस्था गम्भिर भए पछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारकै क्रममा उनको विहान साढे ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगगगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले मंगोल खबरलाई जानकारी दिनुभएको छ ।

बर्दघाट २ चिसापानीकै ति पुरुष यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर चिसापानी स्थित दिब्य ज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए । उनी पहिल्यै देखि प्रेसर र प्यारलाईसिसका विरामी समेत भएको परिवारले बताउनुभएको छ ।

उनमा कोरोना भए नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको ज्ञवालीले मंगोल खवरलाई जानकारी दिनुभएको छ । पिसिआर रिपोर्ट आए पछि मात्र उनको मृत्यु कोरोनाकै कारण हो वा अन्य कारण हो भन्ने पुष्टि हुने बताएको छ ।