गण्डकी प्रदेशमा मात्रै आज २२ जना कोरोना भाइरस संक्रमित पुष्टि - MONGOL KHABAR

Breaking

गण्डकी प्रदेशमा मात्रै आज २२ जना कोरोना भाइरस संक्रमित पुष्टि

जगत ठाडा मगर
पोखरा । असार २ मंगलबार, गण्डकी प्रदेशमा मात्रै आज थप २२ जनामा कोरोना भाईरस अर्थात कोभिड १९ का नयाँ संक्रमित पुष्टि भएका छन् ।

आज प्रदेशका ६ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो भने भरतपुर अस्पतालले सार्वजनिक गरेको तथ्याङमा नवलपुरको कावासोती ३ का ३७ बर्षका एक जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले सार्वजनिक गरेको बिज्ञप्तिमा नवलपुरकै बिनयी त्रिबेणीका १८ बर्षका र मध्यबिन्दुका १९ बर्षका किशोरमा संक्रमण भएको पुष्टि भएको हो ।

पोखरा महानगरपालिका पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराईरहेका ९० बर्षका १ जना पुरुष र पोखरा महानगरपालिकाकै २१ बर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको शुक्लागण्डकीका १२ बर्षका बालक र ४६ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै आजै, स्याङजाको चापाकोटका १८ बर्षका २ जना किशोर सहित ३५ र ३९ बर्षका पुरुषमा संक्रमण देखा परेको छ ।

गोर्खाको बारपाक सुलिकोटकी ३१ बर्षीया महिला सहित २१, २५, २६, २९, ३२, ३५ र ५३ बर्षका पुरुषमा कोभिड १९ पोजेटिभ आएको छ । आजै संक्रमण पुष्टि हुनेमा बाग्लुङको ताराखोला गाउँपालिकाका ३१ बर्षका पुरुष छन् ।