काठमाडौ । असार १० राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहितका उच्च पदस्थ व्यक्तिलाई बोलाएर आज रात्रिभोज गर्दै छिन् । साँझ ५ बजे आयोजना गरिएको भोजमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितलाई बोलाइएको छ।
यस्तै, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई पनि निम्ता गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । यस्तै संवैधानिक निकायमा प्रमुखलाई समेत निमन्त्रण गरिएको छ।
‘हामीले लामो समयदेखि उच्चपदस्थ व्यक्तिहरुलाई बोलाएर भेटघाट र छलफल गर्ने भन्ने थियो । विविधि कारणले हुन सकेको थिएन,’ अधिकारीले भने, ‘अरु कुनै एजेण्डामा छलफल गर्ने होइन । समसामायिक विषयमा छलफल हुन्छ ।’
बुधबार राष्ट्रपति निवासमा हुने भेटघाटलाई नेकपा बैठक वा एमसिसीसँग जोड्न नमिल्ने भनिएको छ ।
