नवलपुरका दरिसा ढेंगा मगरलाई सहयोग गरौं, शेयर गरि सहयोगीदाता सम्म पुर्याईदिनु होला - MONGOL KHABAR

Breaking

नवलपुरका दरिसा ढेंगा मगरलाई सहयोग गरौं, शेयर गरि सहयोगीदाता सम्म पुर्याईदिनु होला

नवलपुर । असार ४ बिहिवार, नवलपुर जिल्ला बिनय त्रिबेणी गाउँपालिका–४ निबासी एक बहादुर लुङ्गेलीले आफ्नो श्रीमतीलाई बिगत ४/५ महिना देखि ओछ्यानमा लडिरहेकी विभिन्न अस्पतालमा उपचार गराईरहेका थिए । उनको कम्मर देखि तलको भाग नचल्ने भएको छ । अहिले अस्पताल सम्म जानको लागि पैसा नभएर घरै राखेका छन । उनको दिन दिनै स्वास्थ स्थिती खराब हुँदै गए पछि आर्थिक सहयोगको अपिल गरेका छन ।

छिटो उपचार गरे दरिसा ढेंगा पहिला जस्तै हुन सक्ने डाक्टरको सल्लाह अनुसार अहिले उनको श्रीमानलाई आर्थिक संकलन कसरी जुटाउने चिन्ता छ । घरको आर्थिक अबस्था नाजुक रहेकोले भएको पैसा उपचार गर्दा सकेकाले अब घरबाट उपचार खर्च जुटाउन नसकेकोले देश बिदेशमा रहनु हुने सहयोगिदाताहरु समक्ष सहयोग गरि आफ्नो श्रीमतिलाई बचाईदिन अपिल गरेका छन ।

उनले सहयोगको लागि गाउँपालिकालाई अनुरोध गर्दा गाउँपालिकाले सिफारिस बनाई दिएका कारण आफ्नो श्रीमतीलाई बचाइ दिनुस, भनेर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका जिल्ला सभा अध्यक्ष र सचिब संग सहयोगको अपिल गरिदिन आग्रह गर्नुभएको छ ।

‘आर्थिक अवस्था कम्जोर छ, ऋण काढेर सकेको उपचार गरिरहेको छु म सामु अरु विकल्प छैन त्यसैले देश विदेशमा रहेका नेपाली सामु मेरो श्रीमतीलाई बचाइ दिन अपिल गर्दछु ।’ उनले भने ‘तपाईहरुको सहयोगले मेरो श्रीमतीले नयाँ जीवन पाउने छ ।’  यदि यी दरिसा ढेँगा मगरलाई सहयोग गर्न चहानु हुन्छ भने तल उल्लेखित नम्बर तथा मंगोल खबरमा सम्पर्क गर्नु होला ।

सम्पर्क :-
सरोज पुन मगर - 9867841358
चित्रबहादुर घर्ती - 9867802665