“म यही जेठ २५ गते घिमिरेको घरमा कोठा खाली छ भन्ने थाहा पाएर गएकी थिएँ । मलाई कोठा मन पर्यो । कोठाको मोलतोल भए पछि म बस्ने पक्का भयो । अन्त्यमा उहाँले मेरो जात सोध्नु भयो । मैले परियार थर बताए पछि उहाँले सिधै कोठा दिन्न भन्नु भयो,” पीडित परियारले भनिन्, “जातले के फरक पर्छ र ? म पनि त तपाई जस्तै मान्छे हो, कृपया मलाई कोठा दिनुस भन्दा, उहाँले ‘मेरो श्रीमानले तल्लो जातलाई किन कोठा दिएको भनेर मलाई गाली गर्नु हुन्छ, सासुआमा आउनु हुन्छ उहाँको लागि पनि मैले कोठा दिन मिल्दैन’ भन्नु भयो, मैले केही भन्न सकिन ।”
घिमिरेका श्रीमान भारतीय सैनिकमा जागिरे छन् । दुई छोरा सहित उनी अग्नी पथमा बस्दै आएकी छिन् । देशमा जातीय विभेद उन्मुलन भएको कागजी घोषणा भएको १४ वर्ष बिति सक्दा पनि जातीय बिभेदका यस्ता घटना हुनु निन्दनीय भएको बताउँछन् संबिधान सभाका सभासद तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी । पीडितले न्याय पाउनु पर्ने र पीडकलाई प्रचलित कानुन अनुरुप कारवाही हुनु पर्ने उनको भनाई छ ।
आफुले न्याय नपाए सम्म कानुनी लडाईँ लडिरहने पीडित परियारको भनाई छ । जातीय बिभेदका बारेमा बुझ्न खोज्दा पीडक घिमिरेले फोन उठाइनन् । घटनाका बारेमा बुझ्न भन्दै पीडित र अधिकारकर्मी उनकै घरमा पुगेका थिए । तर, उनी घरमा भेटिइनन् ।
उनको घरको माथिल्लो तलामा २ वटा र भुईतलामा २ वटा कोठा खाली छन् । लकडाउन सुरु भएयता उनका दुबै तलाका कोठा खाली भएका थिए । दियो पोष्टबाट साभार
अग्नी पथस्थित घिमिरेको घर