MNO DGG ले पश्चिम रुकुम चौरजहारीको नरसंहार मानव हत्याको बिरोध गर्दै देशैभरी बिरोध प्रदर्शन - MONGOL KHABAR

Breaking

MNO DGG ले पश्चिम रुकुम चौरजहारीको नरसंहार मानव हत्याको बिरोध गर्दै देशैभरी बिरोध प्रदर्शन


काठमाण्डौ । जेठ १९ सोमबार, अन्तरजातीय प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न खोज्दा पश्चिम रुकुममा जेष्ठ १० गते नवराज बि.क सहित ६ जनाको हत्या भएको घट्नालाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ ।

प्रर्दशनका क्रममा रुकुम हत्याकाण्ड निष्पक्ष छानबीन गर, नश्लीय विभेद बन्द गर, वर्णभेदी नीति बन्द गर, मानवअधिकार लागू गर, बाँच्न पाउने अधिकार सुरक्षीत गर, जनताको सुरक्षाको ग्यारेन्टी गर, धार्मिक अपराध बन्द गर, मूलबासी मंगोल एक हौ” लेखिएका प्लेकार्ड सहि नारा बाजी लगाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ३ नं. प्रदेश संयोजक शेरप तामाङले रुकुम चौरजहारी हत्याकाण्डमा संलग्नलाई नेपालको संविधान बमोजिम कार्वाही गर्नु पर्ने बताएका छन् । नेपाल सरकारले मृतकका परिवारलाई उचित क्षतीपूर्तीको व्यवस्थाको पनि माग गरेका छन् । सभालाई सम्बोधन गर्दै संघिय संचार प्रमुख जीवन मंगोलले रुकुम हत्याकाण्डले नेपालको विश्व सामु वेइजत भइरहदा उच्च जातीय सोच बोक्नेहरुले हत्याकाण्डलाई दबाउन खोजेको आरोप लगाएका छन् । विश्वलाई नै रुकुम हत्याकाण्डले स्तव्ध बनाएको र नेपालमा जातीय नरसंहार गर्नेलाई जंगली पशु संग तुलना भइरहेको बताए । मानवले मावन भएर बाँच्न पाउने अधिकारको बर्खिलापमा भएको हत्याकाण्डको छानबीन गरि दोषीलाई आजीवन काराबासको सजाय हुनु पर्ने माग समेत गरेका छन् ।

यसैगरी वडाध्यक्षको संलग्नता देखिनु र सांसद्हरुको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति प्रति कडा बिरोध जनाएका छन् । आफूलाई उच्च ठान्नेहरुले नवराज बि.क लगायत उनका साथीहरुलाई ट्यापे, गुण्डा, त्यस्तालाई हत्या नगरे के फूलमालाले स्वागत गर्नु भन्ने बाहुनवादीहरुले दिएको तर्कले मान्छेको बाँच्न पाउने अधिकार बञ्चित भएको तर्क गरे । कानुनी राज्यमा जनताको सुरक्षा खोइ ? भन्दै प्रश्न गरे । लगडाउनको अवधीमा जातीय विभेद, जातीय दमन, बलात्कार जस्ता घट्ना बढेको भन्दै बिरोध जनाएका छन ।

सभामा रुपन्देही जिल्लाको देबदह २ मा झुन्डिएको अवस्थामा भेटिएकी किशोरी अंगीरा पासीको बलात्कार पछि हत्या भएकोमा दुःख व्यक्त गरेका छन् । भने बलात्कारीलाई सजाय हुनु पर्ने माग गरेका छन् । यसैगरी बक्ताहरुले लडडाउन घोषणा भएपछि उच्च जातिको केटी भगाएको कारण दलित युवालाई यातना दिइएको, दलित युवा कुटिएको, दलित महिला भएकै कारण कुटपीट, राहत बितरणमा जातिविभेद, दलितले क्रियापुत्रि खोज्दा विभेद अपमान, जातीय विभेद बिरुद्ध बोल्नेलाई धम्की, क्वारेन्टाइनमा जातीय विभेद, दलितसंग बिबाह भएकै कारण निर्घात कुटपीट जस्ता घट्नाको भत्र्सना गरेका छन् ।

सबै खाले विभेद बिरुद्धको सन्धिहरुको पक्ष राष्ट्र नेपाल भए पनि बाहुनवादी सोचबाट गए गुज्रेकाहरुले जातिय बिभेद गर्ने, जातिय दंगा फैलाउने कार्य गरिरहेको र मानवले मानव भएर बाच्न पाउने अधिकार कुन्ठीत गरिरहेको भन्दै चर्को बिरोध जनाएका छन् । आफूहरु मानवअधिकारको पक्षमा, पीडित उत्पीडितहरुको पक्षमा रहेको भन्दै सबै उत्पीडित मूलबासी मंगोल एक हुन आव्हान समेत गरेका छन ।