तिलकुमारी मगरलाई बचाउन उनका साना नानीले गरिन सहयोगको अपिल, सहयोग गरि तिलकुमारीलाई बचाऔं - MONGOL KHABAR

Breaking

तिलकुमारी मगरलाई बचाउन उनका साना नानीले गरिन सहयोगको अपिल, सहयोग गरि तिलकुमारीलाई बचाऔं

धरान । तिलकुमारी मगरको बिगत पाँच बर्ष देखि दुबै मृगौला फेल भएकोले उनको परिवारमा छोरीहरुको रुवाबासी चलेको छ । धनकुटा जिल्ला चौबिसे गाउँपालिका वडा नम्बर- २ का ३२ बर्षिय तिलकुमारीको दुबै मृगौला फेल भए पछि उनको उपचार त परैको कुरा बिहान बेलुकी छाक तार्न र छोरीहरुको पढाइमा समेत समस्या छ ।

कलिलै उमेरमा बिधुवा भएका तिलकुमारीलाई अहिले बिराटनगरमा डाइलसिस गरिरहेको छ,भनेबिराटनगर बाट काठमाडौ स्थित सुमेरु अस्पतालमा रिफर गर्ने तयारी गरिरहेको छ । तिलकुमारीको घरको आर्थिक अबस्था धेरै नाजुक छ । वहाँको घरमुली कोहि छैनन । वहाँको दुई नानीहरु मात्र छन ।

तिलकुमारी कै साहरामा दुई नानीहरुको पालन पोषण र पढाइ चलेको थियो । अहिले आफै थलापरे पछि उनले छोरीहरुको बारेमा चिन्ता गरेका छन । परिवारमा नानीहरु पनि साना साना छन । अहिले तिलकुमारीलाई आफ्नो उपचार खर्च र नानीहरुको भबिश्य के होला भन्ने तनाबमा छन । सहयोगको नाममा चौबिसे गाउँपालिकाले सिफारिस बनाईदिएका छन ।

‘आर्थिक अवस्था कमजोर छ, ऋण काढेर डाइलासिस गरिरहेको छ । अब तिलकुमारी संग कुनै उपाय नभएकोले सहयोग गरि उपचार खर्च जुटाउन र छोरीहरुको भबिस्य हेरि दिन देश विदेशमा रहेका नेपाली सामु सहयोगको अपिल गर्दै जीवन रक्षा गरिदिन अनुरोध गरेका छन ।

तिलकुमारीका नानीहरुले समेत आफ्नो आमालाई बचाईदिन सहयोग गर्न अपिल गरेका छन । तपाईहरुको सहयोगले मेरो आमाले नयाँ जीवन पाउने छ भनी नाबालक नानीहरुले सम्पुर्ण संग सहयोगको आपेक्षा गरेको छ । तपाईहरु जो कोहिले तिलकुमारी मगरलाई सहयोग गर्न चाहनु हुन्छ भने तल उल्लेखित ठेगाना र सम्पर्क नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु होला ।

जिल्ला धनकुटा, चौबिसे गाउँपालिका वडा नम्बर - २
नानीहरुको सम्पर्क नम्बर :- 9825980314/9813416737