थाल पिट्दै जनकपुरधाममा दलितको प्रर्दशन - MONGOL KHABAR

Breaking

थाल पिट्दै जनकपुरधाममा दलितको प्रर्दशन

जनकपुरधाम । साउन १३ मंगलबार, जनकपुरधाममा दलित माथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोधमा प्रर्दशन गरिएको छ । निरन्तर रुपमा दलितमाथि भईरहेको हत्या, हिंसा विरुद्ध गाउँगाउँबाट आएका दलित युवा तथा महिलाहरुले थाल पिट्नुका साथै सिटी फुकेर प्रदर्शन गरेका हुन् । उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका थिए । उनीहरु प्रहरी प्रशासन विरुद्ध प्रर्दशन गरे ।

धनुषाको शम्भु सदा र राजु सदाको हत्या नभएको भए पनि छानविन तथा कारवाही नगरेको र दलित माथि निरन्तर बलात्कार, कुटपिट तथा दुर्व्यवहार जस्ता घटना घट्न थाले पछि दलित अगुवाहरु आन्दोलनको घोषणा गरेका छन् । अब साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टांँस्दै सिडियो कार्यालय अगाडी धर्ना र साउन १८ गते देखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चित कालिन रिले अनशन बस्ने दलित अगुवाहरुले जनाएको छ ।

गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अबस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राति प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो ।