बुटवल । असार ३० मंगलबार, महिला अधिकारकर्मी, संचारकर्मी तथा २०१९ एन.पिस अवार्ड बिजेता एबंम लामो समय देखि दलित हकअधिकार, हिंसा र अन्यायको विरुद्ध शसक्त आवज उठाउदै आएकी सरु सुनारले देशैभरी ७७ जिल्लामा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ” मानव जिबनका लागि रक्तदान ” स्लोगन सहित रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकी छिन ।
विशेष गरि कोरोनाको कहर र लकडाउनले गर्दा रगतको आबस्यकताको महसुस संगै मानबिय सेवा पूरा गर्नु एउटा जिम्मेवार युवाको कर्तव्य हो भन्दै सरु सुनारले नेपालमा हरेक देशको संकट र दुखको परिस्थितिमा र देश बचाउन र जोगाउन इतिहासका हरेक आन्दोलनमा दलित समुदायको त्याग, बलिदानी सगै महत्वपूर्ण योगदान रहेको भन्दै देशै भरीबाट दलित समुदायलाई फोकस गर्दै दलित समुदायका युवा युवतीको रगत हरेक ब्लड बैंकमा जम्मा गरिदिने बताएकी छिन तर रगत दान कुनै एउटा समुदायकोले मात्र दिने र अरुले नदिने हुँदैन तर मुख्य फोकस भनेको दलित समुदायको रगत दानलाई गरिने छ ।
जसले गर्दा कुनै खोला कुवामा पानी छुदा अछुत नहुने तर भाडामा राख्दा अछुत हुने ब्लड बैंकमा कुन जातको रगत हो भनी सोधिदैन तर यहि समुदायको रगत मिसिदा चल्ने तर पानी नचल्ले सरुले भनिन ” अब नेपालका हरेक अस्पताल र ब्लड बैंकमा दलित समुदायका रगत दिइन्छ ” अब रगत चल्छ कि चल्दैन ? आफ्नो अभियानले समाजमा जातीय बिभेद न्यूनीकरण गर्नको लागि एउटा सकारात्मक सन्देश र शिक्षा समेत दिने सरुले बताईन ।
रुपन्देहीको बुटवल मिलनचोक स्थित फुड्ल्याण्डमा ई -सेवा समाज नेपालको आयोजनामा उक्त रक्तदान कार्यक्रम भएको थियोे । नेपाल रेडक्रस सोसाइटी , बुटवलको समेत सहकार्य रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा ५ नम्बर प्रदेशका माननिय भौतिक पुर्बधार तथा बिकास समितीका सभापती आशा स्वर्णकारको प्रमुख आतिथ्यमा बिधिवत रुपमा प्रमुख अतिथिले उक्त अभियानको उट्घाटन गरेका थिए । यसअघि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट शुरु गरेको अभियान देशैभरी संचालन हुने छ, भने ई-सेवा समाजका अध्यक्षले एस.बि खड्का ( अनिल ) ले आफ्नो रगत डोनेसन गर्दै सुरु गरेका थिए । उक्त रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए, भने रक्तदान गर्नेलाई प्रमुख अतिथीद्वारा सम्मान पत्र दिएका थिए ।
प्रमुख अतिथी स्वर्णकारले अहिले धेरै बोल्ने तर काम नगर्ने प्रवृत्ति भएको भन्दै सरु सुनारले थाल्न लागेको यो अभियानले मानवीय सेवामा थप सहयोग पुराउने बताएका थिए । त्यसैगरी विशेष अतिथिहरु ५ नम्बर प्रदेशका माननिय सांसद दिपा बिश्वकर्मा कमला बिश्वकर्माले र अतिथिहरुमा जनमुक्ति युबा महासंघका डिबि थापा, आदिवासी जनजाति अभियान्त सोनम काउछा, उषा छन्त्याल, संचारकर्मी तथा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रिय सदस्य जगत ठाडा मगर र पत्रकार राम अस्लामी रहेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश अतिथिहरुले पश्चिम रुकुम चौरजहारीमा घटेको नरसंहार घट्नाको दोषिलाई कुनै पनि हालतमा कार्बाही र पिडितलाई न्याय दिलाएर छोड्ने र राज्यले दोषिलाई उन्मुक्ती दिन्छ भने साठी लाख दलितले हातमा दहि जमाएर नबस्ने, अबको आन्दोलन कर्णाली प्रदेशको बिरेन्द्रनगरमा केन्द्रीय हुने बताएका थिए । कार्यक्रममा ई-सेवा समाजका केन्द्रिय पदाधिकारीको सहयोगमा महिला अधिकारकर्मी तथा संचारकर्मी सरु सुनारको टोली रुकुम घट्नाको सत्य तथ्य स्थलगत अनुगमनको प्रतिबेदन सार्बजनिक गर्दै घाइटेहरुको बयानलाई जस्ताको तस्तै प्रोजेक्टरबाट देखाएका थिए ।
कार्यक्रममा सुनचाँदी व्यावसायी संघ रुपन्देही, परियार सेवा समाज रुपन्देही, एस.के समाज रुपन्देही, थकाली सेवा समाज रुपन्देही, नेपाल दलित समाज रुपन्देही, नेपाल मगर संघ रुपन्देही र संयुक्त दलित संघर्ष समिती रुपन्देहीका पदाधिकारीहरु साथै नागरिक समाजका विभिन्न ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियोे ।
आयोजक ई-सेवा समाज नेपालले महिला अधिकारकर्मी, संचारकर्मी तथा २०१९ एन.पिस अवार्ड बिजेता सरु सुनारलाई सम्मान गरेको थियो । साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
तस्बिरहरु:-
