समाजसेबी तथा मंगोल युबा नेता डेबिट सुब्बा र नन्द लिम्बुले मोरङ केराबारी पाटीगाउँलाई डिजेल प्रदान - MONGOL KHABAR

Breaking

समाजसेबी तथा मंगोल युबा नेता डेबिट सुब्बा र नन्द लिम्बुले मोरङ केराबारी पाटीगाउँलाई डिजेल प्रदान

धरान । साउन २ शुक्रबार, मोरङ केराबारी १ पाटीगाँउका युवा नेता समाजसेवी David Thegim Subba र नन्द लिम्बुले २ सय लिटर डिजेल मोरङ केराबारी १ पाटीगाँउलाई बिहीवार प्रदान गरेको छ ।

अविरल वर्षाको कारण डाँडाबजार पाटिगाँउ सडक अबरुद्ध हुदाँ सवारी आवतजावतमा समस्या भएको छ । त्यो बाटो मर्मत तथा अवरोध हटाउनको लागी डिजेल सहयोग गरेको बताएका छन । डेबिट सुब्बाले डिजेल पाटिगाँउ १ को अध्यक्ष चन्द्र सिंह लिम्बुका बुवा पुर्ण बहादुर लिम्बुले बुझेको थियो । साढे १७ हजार बराबरको डिजेल प्रदान गरिएको सुब्बाले मंगोल खबरलाई बताए ।

सुब्बा विगतका दिनहरुमा पनि सक्रिय रुपमा समाजिक र समाजमा सहयोग गर्दै आएको छन । सुरुवातमा होप धरानबाट समाजिक कार्य गर्दै आएको उनी हाल "लेफैद चरण" white phase मानवअधिकार संस्थाबाट निरन्तर सेवा गर्दै आएका छ ।

कोरोना माहामारीको समयमा पनि फ्रन्ट लाईनमा रहेर ३ सय भन्दा बढीलाई विभिन्न खाद्यान्न वितरण गर्नु भएको थियो । डेबिट सुब्बा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका केन्द्रिय सदस्य समेत हुन ।