भूतपुर्व सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने निर्णयको विरुद्धमा बुटवलमा शुक्रबार बिरोध प्रदर्शन - MONGOL KHABAR

Breaking

भूतपुर्व सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने निर्णयको विरुद्धमा बुटवलमा शुक्रबार बिरोध प्रदर्शन

बुटवल । साउन २ शुक्रबार, नेपाल सरकारले दोहोरो सुविधान नदिने बताउँदै भूतपुर्व सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने निर्णयको विरुद्धमा बुटवलमा शुक्रबार प्रदर्शन भएको छ ।

भूतपुर्व गोर्खा सैनिकहरुलाई बिभेद गर्ने र अनागरिक बनाउने नीति लिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध राष्ट्रिय पूर्वसैनिक संगठन प्रदेश ५ समितिको आयोजनामा बिरोध तथा खबरदारी सभा भएको हो ।

बुटवल राजमार्ग चौराह देखी शुरु बिरोध र्याली मिलन चोक हुँदै मिडिया चोकमा पुगी कोण सभामा परीणत भएको थियो । बिरोध सभालाई पूर्वसैनिक संगठन प्रदेश ५ अध्यक्ष क्या बल बहादुर थापा, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन जिल्ला अध्यक्ष सुबेदार लील बहादुर केसी, राष्ट्रिय महिला मोर्चा केन्द्रिय महासचिब धनी आले, जनमुक्ति युवा महासंघका केन्द्रिय बरीस्ठ उपाध्यक्ष सुन्दर गुरुङ, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन केन्द्रिय सह अध्यक्ष चन्द्र महत, राष्ट्रिय पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष दल बहादुर बिरकट्टा लगायतको उपस्थिती रहेको थियो ।

सामाजिक सुरक्षा भत्ता कटौतीका लागि गएको असार १७ गते सरकारले निर्णय गरी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिएको भन्दै राष्ट्रिय पूर्वसैनिक संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय पुर्व सैनिक संगठनद्वारा बुटवलमा आयोजित बिरोध तथा खबरदारी कार्यक्रममा बोल्दै उनिहरुले पूर्व सैनिकहरुलाई राजनीतिक रुपमा अग्राधिकार दिनको निम्ती राष्ट्रिय जनमुक्ति पार्टीले भुपुलाई खम्बाको रुपमा स्थापित गरेको बताए ।

भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गरेपनि आफूहरुको सुविधा कटौती गर्ने लगायतका सरकारको कुदृष्टि सैह्य नहुने बताए ।