पहिरोले पुर्बपस्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा सडक अबरुद्ध - MONGOL KHABAR

Breaking

पहिरोले पुर्बपस्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा सडक अबरुद्ध

नवलपुर । श्रावण ४ आइतबार
पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट सुस्ता पूर्वको दाउन्ने घिउखोला नजिकै राजमार्ग माथीबाट खसेको पहिरोका कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । गत मंगलबार पनि सोहि ठाउमा पहिरो जाँदा २ वटा सवारीसाधनमा क्षति पुगेको थियो भने राजमार्ग सुचारु गर्न प्रहरीलाई झण्डै १२ घण्टा लागेको थियो ।

आज राती देखि भैरहेको बर्षाका कारण पुन पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएको जानकारी पाए पछि नवलपुर दुम्किबासबाट प्रहरीको टोली राजमार्ग सुचारु गर्नका लागि खटिसकेको छ । पहिरोबाट अबरुद्ध राजमार्ग केहि समय मै एकतर्फि रुपमा सवारी संचालन गर्न सकिने प्रहरीले फोन मार्फत मंगोल खबरलाई जानकारी दिएको छ ।

अहिले पूर्वबाट पश्चिम तर्फ आएका सवारी साधन नवलपुरको दुम्कीबास तर्फ र पश्चिम बाट पूर्व तर्फ गैरहेका सवारीसाधनहरु दाउन्ने तर्फ रोकीएको प्रहरीले जनाएको छ ।