सर्बोच्च अदालतले घटायो श्रीमती हत्याको अभियोगमा सजाय भोगिरहेका पुर्बडिआइजी रञ्जन कोइरालाका सजाय - MONGOL KHABAR

Breaking

सर्बोच्च अदालतले घटायो श्रीमती हत्याको अभियोगमा सजाय भोगिरहेका पुर्बडिआइजी रञ्जन कोइरालाका सजाय

काठमाडौँ । साउन ४ आइतबार, आफ्नै श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा जन्म कैदको सजाय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैद सजाय घटाएको हो ।
पुर्बडिआइजी रञ्जन कोइरालाले आफ्नो श्रीमतीको हत्या साढे ८ वर्ष अघि गरेका थिए । उनले श्रीमतीको शव प्लास्टिकमा पोको पारी मकवानपुरको चित्लाङ जंगलमा लगी पेट्रोल छर्की जलाएका थिए ।

आफ्नो श्रीमती ढकालले व्यापारका लागि पैसा मागे पछि चर्किएको विवादका कारण आवेगमा धकेल्दा मृत्यु भएको पुष्टि गर्दै कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना बनाइएको छ ।

२०६८ माघ ८ गते श्रीमतीको हत्या अभियोगमा कोइराला जेल परेका थिए । नयाँ फैसला अनुसार कोइराला साउन ८ गते बिहिवार रिहा हुने देखिएको छ ।