टिकटकबाट अश्लित गाली गलौज गर्ने र मलेसियामा चोरी गरि फरार शुशिर लिम्बु नियन्त्रण मुक्त - MONGOL KHABAR

Breaking

टिकटकबाट अश्लित गाली गलौज गर्ने र मलेसियामा चोरी गरि फरार शुशिर लिम्बु नियन्त्रण मुक्त

मलेसिया । श्रावण १७ शनिबार, लामो समयदेखि टिकटकमा शुशिर लिम्बू नामको आइडिबाट नेपाली चेलीबेटीहरुलाई अश्लिल गाली गलौज गर्ने शुशिर लिम्बूलाई शनिबार नियन्त्रणमा लिएको छ । उनलाई नेपाल तामाङ घेदुङ मलेसियाले नियन्त्रणमा लिएको हो ।


वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका लिम्बूले आफ्नो टिकटक एकाउन्टबाट नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाल र पत्रकार रबि लामिछानेलाई अपमान हुनेगरी गाली गलौज गर्ने देखि तामाङ समुदायका चेलीहरुलाई समेत निरन्तर अश्लिल टिप्पणी गर्दै आए पछि तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ मलेसियाले लिम्बूलाई नियन्त्रणमा लिएको हो । लिम्बुले बिगतमा आफ्नै कम्पनीमा काम गर्ने सहकर्मीको क्यामेरा, मोबाइल र 1800 सय मलेसियन रिङगेट समेत यसअघि चोरी गरि कम्पनी छोडी फरार भएका थिए । उनि मलेसियामा इलिगल भएर सेकुरिटीको रुपमा काम गर्दै आएका थिए ।


उनलाई मलेसियाको केयल स्थित मण्डला रेष्टुरेन्टमा नियन्त्रण गरेर राखेको छ, भने मलेसिया प्रहरीमा बुझाउने वा नेपाली दूतावासमा बुझाउने छलफल गर्दा निज लिम्बुले तामाङ घेदुङ समाज मलेसियाका पदाधिकारीहरु संग माफी मागेका थिए । उनलाई सम्झाई बुझाई गरेर तामाङ घेदुङ समाज मलेसियाले एक पटकलाई माफी दिएको छ । उनले अब देखि यस्तो गल्ती नदोहोर्‍याउन शर्तले माफी पाएको हो । अहिले उनलाई मलेसियाको केयलबाट निज काम गर्ने स्थान काजलमा पुर्याएको तामाङ घेदुङ मलेसियाले बताएको छ ।