गोपाल गुरुङको जन्म मितिमा बिबाद :- भ्रम वा बास्तबिकता - MONGOL KHABAR

Breaking

गोपाल गुरुङको जन्म मितिमा बिबाद :- भ्रम वा बास्तबिकता

काठमाडौ । साउन १३ मंगलबार
युग पुरुष -डा.गोपाल गुरुङ बारे विभिन्न खाले भ्रमहरु उत्पन्न भएको देखिन्छ । बुद्धलाल मेचेको नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशनले हिजो मात्र गोपाल गुरुङको ८५ औं जन्म जयन्ती मनायो । यता गोपाल गुरुङ पक्षधर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले भने मंसिर २२ अर्थात डिसेम्बर ७ १९३९ लाई जन्म दिन मनाउदै आएको छ । भ्रम वा यथार्थ के हो ? यो सबैको लागि चासोको बिषय पनि हो । यसबारे थप चर्चा गरौं

केही तथ्यहरु :-
१. सन् १९७२ मा, सिलगुडीबाट प्रकाशित “दूरदर्शी” पत्रिका अनुसार गोपाल गुरुङको जन्म डिसम्बर ७, १९३९ हो ।
२. सन् १९७७ मा, नेपाल पत्रकार संघले प्रकाशित गरेको नेपाल पत्रकारीता स्मारिका अनुसार डिसेम्बर ७ १९३९ हो ।
३. गोपाल गुरुङ द्वारा सन् १९८५ मा लिखित प्रकाशित चर्चित पुस्तक अदेखा सच्चाईको पछिल्लोभाग कभरमा जुलाई २७ १९३९ रहेको छ भने पछिल्लो संस्करणमा सच्चाइएको स्वरुप डिसेम्बर ७, १९३९ रहेको पनि पाइन्छ । अन्य पुस्तकमा प्राय जसो १९३५ भेटिन्छ ।
४. राज्यसत्तालाई दिनुभएको एक अन्र्तवार्तामा भने १९९६ मंसिर २२ उल्लेख छ ।
५. बि.स. २०६९ साल अशोज १० गते प्रकाशित जनआस्था साप्ताहिक अनुसार बि.सं. १९९७ अर्थात सन् १९३९ रहेको छ ।
६. सन् २०१४ डिसेम्बर १४ मा मंगोल भिजन साप्ताहिकमा प्रकाशित समाचार अनुसार डिसेम्बर ७ कै दिन ७५औं जन्मोत्सव मनाएको छ । त्यस समय थुप्तेन लामा, आङदावा शेर्पा, सरस्वती मेन्याङ्वो, शक्ति चाम्लिङ, देवेन्द्र रिल्ली, मोहन मगर लगायत अन्य थुप्रै व्यक्तिहरु बागडोल निवास बधाई दिन पुगेका थिए ।
७. सुसन हंगेन द्वारा लिखित पुस्तक “दि राइज अफ एथ्निक पोलिटिक्स् इन नेपाल” पुस्तकको ६१ पेजमा उल्लेख भएनुसार १९३५ रहेको छ ।
८. दिल कुमारी सुनुवारको शोध ग्रन्थ “गोपाल गुरुङको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (२०६५)” मा भने गोपाल गुरुङको जन्म १९९७ मंसिर २२ तदनुसार सन् १९३९ ७, डिसेम्बर रहेको छ ।
९. गोपाल गुरुङको प्रसनल डाइरीमा सन् १९३९ ७, डिसेम्बर रहेको छ ।
१०. सबैभन्दा महत्वपूर्ण आधार भनेको नागरिकता हो । नागरितामा भने गोपाल गुरुङ जन्म १९३९ डिसेम्बर ७ नै हो ।

यथार्थ के हो ?
गोपाल गुरुङको जन्म मिति मात्र ३ वटा भेटियो । सबैभन्दा धेरै १९३९ र १९३५ प्रयोग भएको पाइन्छ । चाहे त्यो गोपाल गुरुङका पुस्तकहरुमा होस् वा पत्रपत्रिकामा । गोपाल गुरुङको देहान्त पश्चात जन्म मिति कुन सदर मान्ने भन्ने विवाद भयो । कसैले १९३५ मान्नु पर्ने जिकिर गरे । कसैले १९३९ लाई मान्नु पर्ने आधार रहेको दाबी गरे । उसो भए कुन मान्ने सुुसनको “मेकिङ मंगोलस्ः एथ्निक पोलिटिकस् एण्ड एमर्जिङ आइडेन्टीटी इन नेपाल” (२०००) शोध ग्रन्थमा गोपाल गुरुङ परिचय लेख्ने क्रममा १९३५ प्रयोग गर्नु भएको छ । (हेर्नुस् पेज १०५)
दिल कुमारी सुनुवारको “गोपाल गुरुङको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (२०६५)” शीर्षक शोध ग्रन्थले भने “गोपाल गुरुङको जन्म तिति विभिन्न पत्रिकामा अलग अलग प्रकाशित भए पनि उनको वास्तविक जन्ममिति बि.सं. १९९७ मंसिर २२ गते तदनुसार सन् १९३९ डिसेम्बर ७, शनिबारका दिन हो भनि उल्लेख छ । (हेर्नुस् पेज ३) यो शोध गोपाल गुरुङको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन भएकाले बलियो आधार मान्न सकिने ठाउँ छ । र अर्को नागरिक्ता पनि १९३९ नै हो । यसकारण डकुमेन्टका आधारमा १९३५ लाई सच्चाइ १९३९ लाई आदिकारीक रुपमा प्रयोग गरौं भनेर तत्कालिन अवस्थामा निर्णय भएको पनि हो ।

गोपाल गुरुङ जिवित हुँदै १९३९ डिसेम्बर ७ लाई मान्दै जन्म दिन पनि मानिएको हो । यसो हुँदा विवाद गुर्न पर्ने कारण चाहीँ भेटिदैन । त्यतिबेला जन्मदिन मनाउनुको अर्थले यहि दिन आदिकारिक हो भन्ने देखिन्छ । यदि होइन भने जन्मदिन मनाउनु हुन्न थियो । त्यतिवेला २७ जुलाई १९३५ लाई किन मान्नु भएन ? यद्यपी त्यो निर्णय छँदैछ । तर मंगोल नेशनल अर्गनाइजेशनले १९३५ लाई आदिकारिक दियो । जतिपनि सरकारी कागजातहरुमा १९३९ प्रयोग भएको आधारमा १९३९ लाई आधिकारीक मान्न सकिन्छ । पुस्तक र पत्रपत्रिका आधारमा दुवै महत्वपूर्ण देखिन्छन ।

अबको बाटो :-
विवादको प्रमुख कारण तथ्य तथ्याङ्कलाई आधार नमान्ने आदत नै हो । कुनै पनि बिषयको तथ्य प्रमाणको आधारमा बिश्लेषण हुनु पर्दछ । प्रमाण विनाको तर्क भनेको कुतर्क हो । त्यसैले माथिका बुँदाहरुलाई बिश्लेषण गर्दा समाधान सजिलो छ । जन्म दिन मनाउनेमा कुरामा बिवाद पनि नगरौं । स्वतः रुपमा सरकारी कागजाजहरुले १९३९ लाई गोपाल गुरुङ जन्म दिन भएको सिद्ध हुन्छ । आखिर १९३५ मान्दा गोपाल गुरुङ ठूलो हुने होइन र १९३९ मान्दा सानो हुने होइन । उहाँको दर्शनलाई शिरोपर गरौं र सपना साकार बनाउने बाटो लागौं ।