मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ बागमती प्रदेशको बैठक भिडियो कन्फेरेन्सद्वारा सम्पन्न - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ बागमती प्रदेशको बैठक भिडियो कन्फेरेन्सद्वारा सम्पन्न

काठमाडौ । श्रावण १७ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ बागमती प्रदेस सभाको बैठक सम्पन्न भएको छ । शुक्रवार बिहान भिडियो कन्फेरेन्सद्वारा बसेको बैठकको अध्यक्षता बागमती प्रदेश प्रमुख सेरप मोक्तानले गर्नु भएको थियो ।

बैठकमा जिल्ला सभा दोलखाका अध्यक्ष आकाश थामी, बागमती प्रदेश युवा सभा प्रमुख मन्दिरा मोक्तान संघीय संचार बिभाग प्रमुख जिवन मंगोल र संघीय मुलसचिव नर बहादुर दर्लामी मगर (बर्णबास) समेत सहभागी रहेका थिए । बैठकमा २६ औं मुलबासी दिवस संघीय सभाद्वारा जारी सर्कुलर अनुसार बागमती प्रदेशमा मनाउने बारे छलफल गर्दै २६ औं मुलबासी दिवस बागमती प्रदेशको काठमाडौमा मनाउने निर्णय भएको बागमती प्रदेशका युबा प्रमुख मन्दिरा मोक्तानले मंगोल खबरलाई बताएको छ । साथै बागमती प्रदेश सभाले बागमती प्रदेश सभाका मातहतका सम्पूर्ण जिल्लालाई २६ औं बिश्व मुलबासी दिवस मनाउन समेत जानकारी गराउने भएको छ ।

बागमती प्रदेश युबा प्रमुख मन्दिरा मोक्तानले काठमाडौंमा मनाउने २६ औं बिश्व मुलबासी दिवसमा अस्थायी र स्थायी रुपमा काठमाडौमा बस्दै आउनुभएका मुलबासी मंगोलहरुलाई कार्यक्रममा सहभागी जनाइदिन आह्वान समेत गरेका छन ।