मलेसियाबाट अश्लित गाली गलौज गर्ने र क्यामेरा पैसा चोर नियन्त्रण - MONGOL KHABAR

Breaking

मलेसियाबाट अश्लित गाली गलौज गर्ने र क्यामेरा पैसा चोर नियन्त्रण

मलेसिया । श्र्रावण १७ शनििबार, लामो समयदेखि टिकटकमा शुशिर लिम्बू नामको आइडिबाट नेपाली चेलीबेटीहरुलाई अश्लिल गाली गलौज गर्ने शुशिर लिम्बूलाई शनिबार नियन्त्रणमा लिएको छ । उनलाई नेपाल तामाङ घेदुङ मलेसियाले नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका लिम्बूले आफ्नो टिकटक एकाउन्टबाट नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाललाई अपमान हुनेगरी गाली गलौज गर्ने देखि तामाङ समुदायका चेलीहरुलाई समेत निरन्तर अश्लिल टिप्पणी गर्दै आए पछि तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ मलेसियाले लिम्बूलाई नियन्त्रणमा लिएको हो । लिम्बुले आफ्नै कम्पनीमा काम गर्ने सहकर्मीको क्यामेरा, मोबाइल र 1800 सय मलेसियन रिङगेट यस अघि चोरी गरि कम्पनी छोडी भागेका थिए । उनि मलेसियामा इलिगल भएर सेकुरिटीको रुपमा काम गर्दै आएका थिए ।

उनलाई मलेसियाको केयल स्थित मण्डला रेष्टुरेन्टमा नियन्त्रण गरेर राखेको छ, भने मलेसिया प्रहरीमा बुझाउने वा नेपाली दूतावासमा बुझाउने छलफल भइरहेको नेपाल तामाङ घेदुङ मलेसियाले मंगोल खबरलाई जानकारी दिएका छन ।